hastakal ad lamo
janaganan ad lamu
ime long ad

नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

Machhapuchchhre Bank ad

kumari long ad

बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अङ्कले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।४३ अङ्कले घटेर ५२२ मा ओर्लेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम आज भने रु छ अर्ब नाघेको छ । कूल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर रु छ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ९४ अर्ब ७२ करोड ७८ लाख ५८ हजार ८९ बराबर भएको छ ।

नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २२.०६, व्यापार ६९.५४, होटल तथा पर्यटन ३९.१६, विकास बैंक १११.६१, जलविद्युत् ९०.९६, वित्त २७.५७, निर्जीवन बीमा ७६.२८, लघुवित्त ८.२७, जीवन बीमा २२८.०७, सामूहिक लगानी कोष ०.०६ र लगानी १.५ अङ्ले घटेको छ । त्यस्तै अन्य उपसमूह २६.४२ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६० करोड ४४ लाख ५५ हजार ४१२ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक रु ५७ करोड २८ लाख ५० हजार ३५८, माथिल्लो तामाकोशी रु ३९ करोड ५० लाख ३३ हजार १७५, नेशनल हाइड्रोपावर रु १९ करोड २६ लाख ३४ हजार ९१७ र छिमेक लघुवित्तको रु १७ करोड २९ लाख २५ हजार ७७१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायण्ी डेभलपमेन्ट बैंक ६.५२, फस्ट माइक्रोफाइनान्स ६.४९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ३.५१ प्रतिशतले कमाए । उता, मैलुङ खोला जलविद्युत् कम्पनी ५.०३, शिव श्री हाइड्रोपावर ४.५२, माउण्टेन इनर्जी नेपाल ४.४९, हिमालयन पावर पार्टनर ४.४७ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन् ।

janaganan ad lamu
century bank long ad

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५७

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति...

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५१

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ...

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:३७

गोलगढ, भैरहवा । नेपालको पहिलो ऋएख्ऋ पाइप्स् र फिटिङ्स उत्पादक...

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक अफर सार्वजनिक

आइएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:१७

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित...

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:५३

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत...

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा मंसिर २८ गते

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा मंसिर...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:४२

  काठमाडौं । मेगा बैंक नेपाल लिले आफ्नो ११ औं...