उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट अब ५३ ग्रेडबाट मान्यता प्राप्त
Monday Dec 13, 2021
वि.सं.२०७८ मंसिर २७ सोमवार १६:५०
उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट छघ ग्रेडबाट सम्मानित भएको छ । भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै यो उपलब्दी हात पार्न सफल भएको हो । यसै शुभ अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्द गराउने भएको छ ।
सिरहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओ पि सी , पि एस सी सिमेन्टहरु उत्त्पादन गर्दछ । आगामी दिनमा P.P.C र र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको एस उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको छ। जसमध्य लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ । यसले दैनिक ७०,००० बोरा सहित ३५०० मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ ।
शौर्य सिमेन्ट इण्डनष्टिजले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दछ । यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुर को सुन जस्तो चुनढुंगा रहेको छ । यस चुनढुंगामा अलुमिनियम र मग्नेसियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्त्पादित क्लिन्कर उच्च गुणस्तरको रहने पाइन्छ । यसलाई उत्खनन् गरि 4th Generation Seperator को सहयातामा सर्वोत्कृष्ट गुणस्तरको सिमेन्टमा रुपान्तरण गरिन्छ ।
प्रविधिको कुरा गर्नु पर्दा शौर्य सिमेन्ट इण्डष्ट्रिजमा नेपालको एक मात्र alkali reduction प्रविधि जडित प्रक्रिया रहेको छ जहाँ Alkali Bypass System को प्रयोग भएका कारण सिमेन्टमा Alkaliको मात्रा कम हुन्छ जसकारण निर्माणमा स्थाइत्व कायम रहन्छ यसैगरी यसले ग्राइण्डिङ्ग प्रक्रियामा Vertical Roller Machine (VRM) प्रयोग गर्दछ जुन सबै भन्दा उन्नत र उर्जा वचत गर्ने प्रविधि रहेको छ। साथै यस सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटीक ल्याब रहेको छ जहाँ बिना कुनै मानवीय त्रुटि, स्वचालित Robotic Arm ले गुणस्तरमा एकरुपता कायम गरि उच्च गुणस्तरीय तथा बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्धत गर्दछ । शौर्य सिमेन्ट इण्डष्ट्रिज नेपालको यस्तो सिमेन्ट कम्पनि जहाँ परम्परागत बोराको तुलनामा Ultra Sonic Sealing System को माध्यमबाटLaser Seal Packaging गरि ल्यामिनेट गरिएको पानी तथा आर्द्रता प्रतिरोधात्मक बोराको प्रयोग गरिन्छ जसबाट बिना कुनै चुहावट, बोराहरू सार्न र लोड अनलोड गर्न एकदमै सजिलो हुनाको साथै सिमेन्टको गुणस्तर लामो समयसम्म कायम रहि रहन्छ ।
























