CG Electronics
IME Life
NIMB

कामना सेवा फुटसल कपमा २४ टिम सहभागी हुने

NIMB
Himalayan Bank

कामना सेवा फुटसल कपमा २४ टिम सहभागी हुने भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक कामना सेवा विकास बैंकले प्रतियोगितामा २४ टिम सहभागी हुने पक्का गरेको हो ।

बैंक, वित्तिय संस्था तथा इन्स्योरेन्स कम्पनीलाई समावेश गर्दै आयोजित प्रतियोगिता पुस ९ र १० गते सञ्चालन हुनेछ । पहिलो दिन लिग चरण तथा अन्तिम दिन नकआउट चरणका खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कामना सेवा, राष्ट्रिय बिमा संस्थान, सांग्रिला डेभलोप्मेन्ट, कुमारी, नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा, मुक्तिनाथ, नेपाल इन्भेष्टमेन्ट, एभरेस्ट इन्स्योरेन्स, हिमालयन बैंक, सिटिजन बैंक, बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योती विकास, साइन रेसुङ्गा, मेगा, बैंक अफ काठमाडौं, लुम्बिनी, प्रिमियर इन्स्योरेन्स, माछापुच्छ्रे, महालक्ष्मी र सिद्धार्थ बैक सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले खेलकुदको विकासमा कर्पोरेट क्षेत्रले भुमिका बढाउनुपर्ने बताए । उनले यस प्रकारको कर्पोरेट इभेन्टले अन्य व्यवसायीक घराना समेत खेलकुदमा सहभागी बन्न प्रेरणा मिल्ने उल्लेख गरे ।

कामना सेवा विकास बैंकको आयोजना रहने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग एन्फा फुटसलको रहनेछ । प्रतियोगिताको विजेता, उप–विजेता र विधागत तर्फका उत्कृष्ट खेलाडीले ट्रफी, मेडल, प्रमाणपत्रसहित गिफ्टह्याम्पर प्राप्त गर्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...