CG Electronics
IME Life
NIMB

सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

NIMB
Himalayan Bank

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अर्बौँ रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । आज नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोटमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद््घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

“हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौँ रुपैयाँ पैसा थुपारेका छन्”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “तर हामीले विदेशीसँग सहयोगको याचना गर्नुपर्ने अवस्था आएको छ, अब सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने समय भएको छ ।” उहाँले युद्धको प्रत्येक मोर्चामा आफ्नो बहादुरी प्रदर्शन गरेर विश्वमा नै नेपाललाई चिनाउने काम गरेकाप्रति सर्हाना गर्दै मुख्यमन्त्री पोखरेलले भूपू सैनिकलाई धन्यवाद व्यक्त गर्नुभयो । सैनिकको ज्ञान, सीप र उनीहरूको अनुभवलाई प्रयोग गरेर सरकारले नयाँ नेपाल निर्माणमा जुट्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

देशका हरेक आन्दोलन तथा परिवर्तनमा भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । देशमा सूचना र प्रविधि तथा आधुनिकीकरण भित्र्याउन भूतपूर्व सैनिकको ठूलो देन रहेको पोखरेलको भनाइ छ । कार्यक्रममा भूपू सैनिक संस्थाको भवन निर्माण गर्न चन्दा प्रदान गर्ने ३३९ जना चन्दादातालाई मुख्यमन्त्री पोखरेलसहितका व्यक्तिहरूले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुरुबहादुर थापाले संस्थाको भवन निर्माण गर्न सहयोग पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सो क्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेल, वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्रबहादुर खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...