सेन्ट्रल फाइनान्सले आजबाट खातामा नगद लाभांश
Tuesday Jan 25, 2022
वि.सं.२०७८ माघ ११ मंगलवार १३:१५
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले आजदेखि (माघ ११ गते, मंगलबार) आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ ।
कम्पनीको पौष ३० गते, सम्पन्न भएको पच्चीसौँ वार्षिक साधारण सभाले पारित गरेको ३.३० प्रतिशतका दरले नगद लाभांश बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आजदेखि जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । धितो राखेको सेयरको हकमा भने सम्बन्धित संस्थाबाट ल्य इदवभअतष्यल ीभततभच प्राप्त भएपछि मात्र लाभांश पठाइनेछ ।
साथै, साधारण सभाबाट पारित भएको ७।७० प्रतिशत बोनस सेयर सूचीकरण भएपश्चात् सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिने पनि कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरी, कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
























