CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएको नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । कम्पनीले आव २०७६।७७ को वित्तिय विवरणको आधारमा नयाँ तयार पारेको नयाँ बोनसदर न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ८२ रुपैयाँ बोनसदर प्रति वर्ष प्रति हजार पाउने उल्लेख छ । नेपाल लाईफका सर्वाधिक बीमितले ६० रुपैयाँ बोनस पाउने कम्पनीले आज प्रकाशन गरेको सूचनामा जनाइएको छ ।

नेपाल लाइफको नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा अन्तर्गतको सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी बीमा योजनाहरुको न्यूनतम २० वर्षसम्मका पोलिसीहरुले ६० रुपैयाँ प्रति वर्ष प्रतिहजार, २१ देखि २५ वर्षका बीमा पोलिसीहरुले ७० रुपैयाँ र २६ वर्ष सो भन्दा बढि अवधीमा बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजिवन अन्तर्गतको जीवन साहारा बीमा पोलिसी पनि २० वर्ष अवधीसम्मकाले ६० रुपैयाँ, २५ वर्ष अवधीसम्मकाले ७० रुपैयाँ र २६ वर्षभन्दा बढि अवधीका बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रति वर्ष प्रतिहजार बोनस पाउनेछन् ।

त्यस्तै, अग्रिम भुक्तानी नामक जीवन समृद्धि बीमा योजनाले न्यूनतम ५६ रुपैयाँ १५ वर्षे अवधीका लागि र ५८ रुपैयाँ २० वर्षे अवधीका लागि बोनस पाउनेछन् ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक अन्तर्गतका धनवर्षा, नौलो जीवन समृद्धि, नौलो धनवर्षा जीवन उन्नती, जीवन शान्ति र छोराछोरी तथा सदाबहार बीमा पोििलसीमा सबै वर्ष समुहका बीमा पोलिसीहरुका लागि ६० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस निर्धारण गरिएको छ ।

नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको बोनसदर केही घटेको छ । बीमा समितिले अनिवार्य गरेको फ्युचर बोनसका लागि २० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाको कारण बोनसदर केही घटेको हो ।

समितिले १०० प्रतिशत फ्युचर बोनसका लागि प्रोभिजन गर्ने लक्ष्य लिएर प्रत्येक वर्ष २० प्रतिशतका दरले प्रोभिजन गर्दै जाने जनाएको छ । फ्युचर बोनसका कारण अहिले बोनसदरमा केही घटेको जस्तो देखिए पनि भविष्यमा बीमितले झनै धेरै लाभ पाउने हुँदा यसले दीगो बीमा व्यवसायको प्रतिनिधित्व गर्दछ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...