CG Electronics
IME Life
NIMB

आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।कम्पनीको खाँदबारी शाखाले बीमित पाँचखपन –६ स्थित वानाका टोल बस्ने ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई ११ लाख १८ हजार रुपैयाँको चेक एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको आईएमई लाइफ लाइफ इन्स्योरेन्स शाखा कार्यालय खाँदबारीका प्रमुख कृष्ण श्रेष्ठले बताए ।

बीमित गिरी बैदेशिक रोजगारका सिलसिलामा श्रीलंकामा गत साउन १४ गते मृत फेला परेकी थिइन् । मृतक गिरीले २०७५ जेठ १८ गते १० लाख रुपैयाँको जीवन विमा गराएकी थिइन् ।

तेस्रो किस्ता बापत गिरीले १ लाख ९८ हजार दुई सय ७० रुपैया मात्र बुझाएकोमा उनको मृत्यु भएको थियो । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो शाखा प्रमुख श्रेष्ठले बताए । हिजो मंगलबार खाँदबारीमा एक कार्यक्रमका बीच मृत्यु दाबी रकम मृतक दिलसाका बुबा चन्द्र बहादुर गिरीलाई हस्तान्तरण गरिएको हो ।

उक्त मृत्यु दाबी रकम आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर १ का सहायक प्रदेश प्रमुख ओम प्रकाश राई जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, उद्योग बाणिज्य संघ संखसवासभाका अध्यक्ष कृष्णभगत प्रधानको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।

जीवन विमा गर्दा आफु र आफ्नो परिवारलाई फाइदा पुग्ने जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले बताए । विमाको दायरा बढाउन सबै पक्ष हातेमाले गरेर लाग्नु पर्ने जिसस प्रमुख शाक्यले बताए ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...