IME Life
NIMB

आईएमई जनरल इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश

NIMB
Himalayan Bank

 

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । मुलुकमा बीमा कम्पनीको उपस्थिति निकै कम भएको अवस्थामा २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आजबाट २१ वर्ष लामो यात्रा पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । एनबी ग्रुप मुख्य प्रबद्र्धक रहेको सो कम्पनीलाई करिब एक दशक अगाडि आईएमई ग्रुपले ठूलो हिस्सा शेयर खरिद गरेपछि २०७४ मंसिर ७ मा नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स कम्पनी बनाइएको थियो ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आगामी दिनमा बीमाको श्रीबृद्धिमा दृढ भएर काम गर्ने कम्पनीमा अध्यक्ष हेमराज ढकालले प्रतिबद्धता जनाए । उनले कम्पनीलाई आजको यस अवस्थामा ल्याईपुर्याउने बीमित, एजेन्ट, सर्भेयर, कर्मचारी तथा नियामक निकायसहितका अन्य शुभेच्छुकहरुमा २२ औं वर्षमा प्रवेशको अवसरमा धन्यवादसहित आभार व्यक्त गरे ।

आईएमई जनरल इन्स्योन्स कम्पनीले स्थापनाको २२ औं वर्षमा प्रवेश गरेको अवसरमा अझै उत्कृष्ट सेवा प्रवाह गरेर आम सर्वसाधारणमा बीमा सेवालाई अझै सरल र सहज पहुँच पुर्याउने प्रतिबद्धता जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले २२ औं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई प्रविधिमैत्री बनाई आम जनतालाई सरल रुपमा बीमा सेवा प्रवाह गर्ने, बीमाको पहुँच बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बीमितलाई स्तरीय सेवा, शेयर लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिँदै जनताको सम्पत्ति, सवारी साधन, पशुधन तथा बाली लगायतको जोखिम रक्षा वरण गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

कम्पनीले २१ औं बार्षिकोत्सवको अवसरमा आज देशैभरिका शाखामाहरुमा नविन कार्यक्रम गरेर मनाउने योजना बनाएको छ । यद्यपि कोरोना भाइरसको संक्रमणको कारण शुभकामना आदान प्रदानलगायतका कार्यक्रम गरिनेछ ।

२२ वर्षसम्मको यात्रामा आईपुग्दा कम्पनीले बार्षिक एक अर्बभन्दा बढि बीमा व्यवसाय गर्दै आएको छ । कोरोना महामारीका बीचमा पनि कम्पनीले प्रभावकारी बीमा सेवा प्रवाह गर्दै आएको छ । कूल चुक्ता पुँजि एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आवमा २३ करोड ४६ लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिन सफल भएको छ भने कृषि तथा पशु बीमामार्फत न्यून आय भएका आम सर्वसाधारणलाई जनताको जोखिम रक्षावरण गर्दै आएको छ ।

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज तथा जनरल अस्पतालमा उपचार शुल्कमा छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल...

वि.सं.२०८३ साउन २० बुधवार २३:०५

  काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...