CG Electronics
IME Life
NIMB

आज पाथिभारा माताको दर्शनसँगै माघ २८ गते बिहीवारको राशिफल हेर्नुहोस्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं – आज २०७८ माघ २८ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ।

मेष : आजको दिन राम्रै छ। पूर्वाधभन्दा अपरान्हको समय फलदायी देखिन्छ। आर्थिक, वैदेशिक र राजनीतिक क्षेत्रभन्दा व्यापार, व्यवसायमा राम्रो छ। व्यापार, व्यवसायमा गरेको लगानीले राम्रो फल दिनेछ। भूमिसम्बन्धी गरिने कारोबारबाट धेरै नै लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय आम्दानी हुने योग रहेको छ। विद्याको क्षेत्रमा राम्रो भएपनि वैदेशिक क्षेत्रमा भने ठूलो लगानी नगरेकै राम्रो। आफ्नैले धोखा दिनेछन्।

वृष : आजको दिन ठिकै छ। आफ्नै बोलीले गर्दा समस्यामा पर्ने सम्भावना छ। विचार गरेर मात्र बोल्ने अभ्यास गर्नुहोला। आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने निकै राम्रो छ। लगानी गर्ने सोचमा हुनुहुन्छ भने राम्रो लाभ प्राप्त गर्ने सम्भावना छ।

मिथुन : आजको दिन राम्रो छ। आफ्नो बोलीले धेरै मानिस प्रभावित बनाउने योग छ। वैदेशिक, व्यापारिक, राजनीति, सामाजिक क्षेत्र यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा भने तपाईको श्रम लगानीबाट उल्लेखनीय उपलब्धि प्राप्त हुनेछ। कलम चलाउने गर्नुभएको छ भने राम्रो रचना फुर्नेछ। आफन्तभन्दा पनि बाह्य मित्रले तपाईंको प्रशंसा गर्नेछन्।

कर्कट : आजको दिन ठिकै राम्रो छ। दिनको पूर्वाधभन्दा अपरान्हको समय राम्रो छ। शिवजीलाई स्मरण गरेर थालनी गरेको काम फलदायी हुनेछ। शिक्षा, राजनीति, सामाजिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा राम्रो सम्भावना छ। लगानी गर्न आँट गर्नुहोला।

सिंह : आजको दिन राम्रै छ। शिक्षा क्षेत्रमा गरेको लगानीले उल्लेखनीय उपलब्धि हुने सम्भावना छन्, लगानीका लागि आँट गर्नुहोला। राजनीति, सामाजिक क्षेत्र सामान्य भए पनि वैदेशिक र भूमिसम्बन्धी कारोबार गर्दा उपलब्धि प्राप्त हुने योग छ।

कन्या : आजको दिन सामान्य राम्रो छ। दाजुभाइ दिदीबहिनीबाट ठूलो आश नगर्नुहोला। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। विद्याको क्षेत्रमा गरेको लगानीले निकै राम्रो नतिजा प्राप्त हुनेछ।

तुला : आजको दिन ठिकै्र छ। राजनीति क्षेत्रमा राम्रो रहेको छ। आफूले अगाडि सारेका एजेण्डाले प्रभाव बढाउनेछ। वैदेशिक, शैक्षिक, धार्मिक र व्यापारिक क्षेत्र यथावत रहेपनि शिक्षा क्षेत्रको लगानीले परिणाम दिनेछ। आफन्त रिसाएर टाढिनेछन्। गोपनीयता भंग हुने भएकाले होसियर भएर व्यवहार गर्नुहोला।

वृश्चिक : दिन सामान्य छ। वैदेशिक क्षेत्रमा रहेका पुराना साथीहरुबाट सहयोग मिल्नेछ। लगानीले राम्रो नतिजा हात लाग्नेछ। नाम र दाम कमाउने योग छ।

धनु : दिन सामान्य छ। पैतृक सम्पत्ति परिचालन गरेमा राम्रो परिणाम देखापर्ने योग छ। आफ्ना बन्धुहरुबाट सकारात्मक सहयोग मिल्नेछ। अफ्नो बोलीको प्रभावले राम्रो भूमिका खेल्नेछ। व्यापारिक क्षेत्रमा उपलब्धि हुनेछ। गणेश भगवानलाई दुबो चढाएर शुभकार्यको थालनी गर्नुहोला।

मकर : दिन राम्रो छैन। काममा ढिलासुस्ती हुनेछ। तर्क बितर्कले गर्दा विवाद उत्पन्न हुनेछ। एकाबिहानै बुबाआमालाई प्रणाम गरेर दिनचर्या सुरु गर्नुहोला। जसले तपाईको कल्याण हुनेछ।

कु्म्भ : दिन राम्रो छ । बोलीमा ठूलो शक्ति रहनेछ। आफ्नो बोलीमार्फत परोपकार गर्नुहोला त्यसले कल्याण गर्नेछ। सेयरमा गरेको लगानीले फाइदा हुनेछ। राजनीति क्षेत्रमा तपाईको प्रभाव निकै राम्रो रहनेछ।

मिन : दिन ठिकै राम्रो छ। धार्मिक, सामाजिक, व्यापारिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा गरेको लगानीले तपाईको कायापलट हुनेछ। काम र दाम हात लागेर उल्लास मिल्ने योग छ।

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका...

वि.सं.२०८० फागुन २७ आइतवार ०९:३८

  फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ)...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० मंसिर ८ शुक्रवार ०८:०६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

साप्ताहिक राशिफल : (२०८० असार १० गते देखि असार १६ गते सम्म)

साप्ताहिक राशिफल : (२०८० असार १० गते...

वि.सं.२०८० असार १० आइतवार १०:०५

  मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो,...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० जेठ २९ सोमवार ११:३८

  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० वैशाख २७ बुधवार ०९:४४

    काठमाडौं । आज(बुधवार)को राशिफल सार्वजनिक भएको छ ।...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०७९ चैत ८ बुधवार १९:०१

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले,...