CG Electronics
Ncell NPL
NIMB

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मन मिल्ने साथीको सहयोगले हौसला प्राप्त हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । परोपकारमा रुचि बढ्नेछ । असहज परिस्थतिबाट उम्कन केही बढी नै खर्च हुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला ।

वृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सानो लगानीबाट सुरु गरेको व्यवसायले उचाइ लिई मुनाफा आर्जन गर्न केही समय कुर्नुपर्नेछ । साझेदारीबाट थालिएका कार्यले फाइदा पुर्‍याउदै अन्य अवसरको ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । व्यवसायका सिलसिलामा विदेश यात्राको योजना तय हुनसक्छ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । हरियो रंगको रचनात्मक प्रयोगले लाभ पुग्ने देखिन्छ । साताको अन्त्यमा फजुल खर्चले चिन्ता बढाउनेछ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमिकाले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छिन् । पूर्वयोजनाबेगर आकस्मिक यात्रा गर्दा अनपेक्षित खर्च आइलाग्नेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यबाट प्रतिष्ठा प्राप्त भै पदोन्नति तथा इनाम हात पर्न सक्छ । इच्छाबेगरै पनि भोजभतेर तथा मनोरञ्जनमा उपस्थिति जनाइनेछ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विचार परिवर्तन भै परोपकार तथा पूण्य आर्जन गर्न संलग्न भइनेछ । परिस्थिति पहिचान गरी पुरुषार्थ प्रदर्शन गर्न सके मान–प्रतिष्ठा प्राप्त हुन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अनुकूल तथा प्रतिकूल जुनसुकै अवस्थामा अरूको मुख ताक्नाले पछि परिएला ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेमिकाको प्रस्ताव आलटाल गर्नाले आपसी दूरी बढ्न सक्छ । समाजका समस्याहरू सम्बोधन गर्ने युवा अभियानको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो योजना सफल भै सार्थक परिणाम हात पार्न सकिनेछ । यात्राका क्रममा सचेतता अपनाउनुहोला ।

तुला
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साथीभाइसँग लामो यात्रा गर्दा खर्चको भार आफूमाथि आइलाग्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला । राति अबेरसम्मको मनोरञ्जनले स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ ।

वृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चले पिरोल्न सक्छ । पारिवारिक सल्लाहअनुरूप चुनौतीलाई परास्त गर्न सकिनेछ । राज्यस्तरबाट सहयोग प्राप्त होला । साताको अन्त्यतिर मठ–मन्दिरको भ्रमण हुनसक्छ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफूलाई अनुभव नभएको व्यवसायमा मुनाफा दिलाउन साथीभाइको सहयोग जुट्नेछ । अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । साताको अन्त्यमा सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्छ, उनको भावना बुझ्ने प्रयत्न गर्नुहोला । विभिन्न किसिमको सहभागिताले आकर्षक जिम्मेवारी दिलाउने सम्भावना छ, जसले आफूलाई विशेष फाइदा पुग्नेछ । व्यवसायमा नयाँ मित्रको आगमन हुनुका साथै आर्थिक समस्या टरेर जानेछ । साताको अन्त्यमा पारिवारिक भेटघाटमा रमाइनेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

ठूलो लगानीद्वारा गरिएको कामले लाभ दिलाउनेछ । कुनै पनि कार्य सम्पन्न गर्दा आफ्नो मात्र नभै अभिभावकको रुचिको पनि ख्याल गर्नुहोला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । पश्चिमतर्फको यात्रामा नीलो रंगको प्रयोगले नसोचेको परिणाम दिलाउनेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

परिस्थितिले खराब आचरण हुनेहरूको संगतमा पुर्‍याउन सक्छ । मित्रहरूले अपेक्षा गरेजस्तो सहयोग नगर्दा बन्न लागेको काममा तगारो लाग्ने सम्भावना छ । किचलो र विवादबाट टाढा रहनुमै आफ्नो कल्याण छ । साताको अन्त्यमा मन मिल्ने व्यक्तिहरूसँग मनोरञ्जक भेटघाट हुनेछ ।

 

 

 

CG Electronics
पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका...

वि.सं.२०८० फागुन २७ आइतवार ०९:३८

  फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ)...

साप्ताहिक राशिफल : (२०८० असार १० गते देखि असार १६ गते सम्म)

साप्ताहिक राशिफल : (२०८० असार १० गते...

वि.सं.२०८० असार १० आइतवार १०:०५

  मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो,...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० जेठ २९ सोमवार ११:३८

  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० वैशाख २७ बुधवार ०९:४४

    काठमाडौं । आज(बुधवार)को राशिफल सार्वजनिक भएको छ ।...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०७९ चैत ८ बुधवार १९:०१

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले,...

यस्तो छ तपाईको आजको राशीफल

यस्तो छ तपाईको आजको राशीफल

वि.सं.२०७९ कात्तिक २० आइतवार ०८:३४

आज २०७९ कात्तिक २० गते तदनुसार ६ नोभेम्बर २०२२ आइतबार।...