CG Electronics
IME Life
NIMB

साप्ताहिक राशिफल : (२०८० असार १० गते देखि असार १६ गते सम्म)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक स्थिति मजबुत रहनेछ । व्यापार व्यवसायमा मनग्गे आम्दानी हुनेछ । जागीरमा कुनै पनि सरकारी योजनाको लाभ मिल्नेछ । हराएको वा चोरी भएको वस्तु फेला पर्नेछ । साताको अन्त्यमा सुख सुविधामा वृद्धि हुनेछ । कार्यक्षेत्रमा मातहतका व्यक्तिसँग सामिप्यताको लाभ प्राप्त हुनेछ ।

वृष राशिः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रियजनबाट धन तथा गरगहना प्राप्त गर्न सकिनेछ । व्यापार व्यवसायमा मनग्गे आम्दानी हुनेछ । अधुरो काम पूरा हुने योग रहेकोछ । राजनितिबाट मनग्गे लाभ मिल्नेछ । प्रेम सम्बन्धमा मनग्गे धन तथा उपहार प्राप्त हुनेछ । साताको अन्त्यमा राम्रो यात्रामा जान सकिनेछ ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अधिक धन खर्च हुन सक्छ । पूँजी लगानीको सन्दर्भमा आफ्नो परिस्थितिलाई ध्यानमा राखेर अन्तिम निर्णय लिनु पर्ला । पैतृक सम्पत्ति प्राप्त हुने योग रहेकोछ । जग्गा, भवन, सवारी साधनको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जम्मा गरिएको पूँजीको पैसाको सही प्रयोग गर्नुपर्ने समय छ । आफ्नो बुद्धिमताले सही समयमा सही निर्णय लिनु लाभदायक हुनेछ । विलासिताका सामानमा बढी खर्च हुनेछ । निक्षेप पूँजीमा वृद्धि हुनेछ । साताको अन्त्यमा परिवारमा कुनै शुभ कार्यक्रम सम्पन्न हुनेछ । परिवारसहित देवदर्शन गर्न सकिनेछ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मान सम्मानमा वृद्धि हुनेछ । बेरोजगारहरुलाई रोजगारी प्राप्त हुने योग छ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । रोकिएको रकम फिर्ता हुनेछ । भूमिसम्बन्धी कुनै पनि कामबाट मनग्गे आम्दानी हुनेछ नचिनेको व्यक्तिलाई धेरै विश्वास नगर्नुहोला, नत्र धोका हुन सक्छ । कुनै पनि अधुरा काम सप्ताहन्तमा सम्पन्न हुनेछन् ।

कन्या राशिः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

जुनसुकै आर्थिक कारोबारका कारण धन लाभ हुनेछ । व्यापार व्यवसायमा नयाँ साझेदारहरु लाभदायी साबित हुनेछन् । अधुरा काम सम्पन्न भई रोकिएको रकम प्राप्त हुनेछ । माया प्रेममा लाभ मिल्नेछ । साताको अन्त्यमा अचानक धन लाभ हुनेछ ।

तुला राशिः (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

औद्योगिक योजनाका लागि पर्याप्त रकम प्राप्त हुनेछ । ऋण लिने प्रयास सफल हुनेछ । नोकरीमा पदोन्नतिसँगै तलब वृद्धिले गर्दा आम्दानी बढ्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । साताको अन्त्यमा लामो दूरीको यात्रा वा विदेश यात्रामा जान सकिनेछ ।

वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अदालती मामिलामा असफलताका साथै नोक्सानी बेहोर्नु पर्नेछ । पैतृक सम्पत्तिको विवाद अदालतमा जान सक्छ । कार्यक्षेत्रमा मातहतका व्यक्तिसँग अनावश्यक मनमुटाव हुन सक्छ । विलासिताका सामानमा अत्यधिक धन खर्च हुनेछ ।

धनु राशिः (ये, यो, भा, भि, भु धा, फा, ढा, भे)

प्रेम सम्बन्धमा नयाँ उचाई प्राप्त हुनेछ. जग्गा, भवन, सवारी साधनको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । साताको मध्यमा घरायसी जीवनमा कमजोर आर्थिक अवस्थाका बारेमा मतभेद आउन सक्छ ।

मकर राशिः (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

शत्रुको प्रभुत्वका कारण व्यापारमा लाभको अवसर घट्ने छ । परिवारका ज्येष्ठ सदस्यजस्तै हजुरबा हजुरआमा, हजुरआमा आदिबाट धान र बहुमूल्य उपहार प्राप्त हुनेछ । रोकिएका धन सम्पति प्राप्त हुने योग रहेकोछ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
माटो छुदाँ सुन बन्ने कुरा साँचो हुनेछ । धन तथा मान सम्मान तथा सफलता सबै पक्षबाट प्राप्त हुनेछ । बैंकमा जम्मा भएको पूँजी बढ्नेछ । विपरीत

लिंगीबाट घर, सवारी साधन, जग्गा प्राप्त हुने योग रहेकोछ । आम्दानीमा वृद्धि हुनेछ ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सरकारमा सत्तासीन व्यक्तिबाट ठूलो सहयोग प्राप्त हुनेछ । साताको मध्यमा लामो यात्रा वा विदेश यात्रामा प्रशस्त धन खर्च हुनेछ । तपाईले लामो समयदेखि प्रतिक्षा गरिरहनु भएको योजनाको सफलताको सम्भावना रहेको छ । बहुमूल्य वस्तुहरू चोरी हुन सक्छन ।

 

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...