एलआईसी नेपालद्धारा मृत्यु बीमा दाबी भुक्तानी
Thursday Feb 17, 2022
वि.सं.२०७८ फागुन ५ बिहीवार २०:२२
काठमाडौं । एलआईसी नेपालले दाङ लमहीस्थित शाखाले मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ। कम्पनीमा बीमा गराएका बीमित बिष्णु अधिकारीको डेगुको कारण मृत्यु भएकाले कम्पनीले बीमितको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतक श्रीमान् लाई ५ लाख २७ हजार ५ सय रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी गरेको हो ।
























