CG Electronics
IME Life
NIMB

यी १० इन्स्योरेन्सको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेका छन् । बीमा क्षेत्रका कम्पनी बाहेक अन्य क्षेत्रका अधिकांश कम्पनीहरुले साधरण सभा समेत गरिसकेका छन् ।

 

हालसम्म लाभांश घोषणा गरेकामध्ये १० बीमा कम्पनीले भने साधरण सभा प्रयोजनका लागि अझै बुकक्लोज गरेका छैनन् । तसर्थ, अझै यी कम्पनीको सेयर किन्दा लाभांश पाइन्छ ।

 

हिमालयन जनरल, एनएलजी, नेको, सिद्धार्थ, आइएमई जनरल, प्रुडेन्सियल, लुम्बिनी जनरल, प्रभु, नेशनल लाइफ र नेपाल लाइफको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

 

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद गरी ११.५८ प्रतिशत, नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९, सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ र हिमालयनले ६.६५ प्रतिशत बानेस र ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

त्यस्तै, एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत, लुम्बिनी जनरलले ९.५२ प्रतिशत बोनस र ०.४८ प्रतशत नगद गरी १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

त्यस्तै, आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले समान ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद गरी ७.३७ प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै, नेपाल लाइफले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस र ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

 

प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधरणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...