nic bank
himalayan everesat
Nmb bank

डिजिटल भुक्तानीमा माईलस्टोन एफवानसफ्ट १८ औं वर्षमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । १८ वर्षअघि अनलाईन भुक्तानीमा आधारित एफवान सफ्ट नामक कम्पनी स्थापना गर्दा विश्वास ढकाल, सुवास सापकोटाहरुलाई धेरै मानिसहरुले पत्याएका थिएनन् । लगत्तै एफवान सफ्टले इसेवा सुरु गर्यो । सन् २००९ मा इसेवा सुरु गर्दा पनि धेरैले हासिमजाकमै उडाएका थिए । आज एफवान सफ्टकै भगिनी संस्था इसेवा, फोन पे जस्ता प्लेटफर्महरु डिजिटल भुक्तानीमा माईलस्टोन बन्न सफल भएको छ भने बीमा क्षेत्रको अभिन्न अंग बन्न पुगेका छन् ।

नेपालमा डिजिटल भुक्तानी सेवाको प्याराडाईम सिफ्ट गर्ने एफवान सफ्ट आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १८ वर्षअघि नेपाली बैंकहरुले एटिएम सुविधा दिएको बाहेक बैंकको टेलरमा लाईन लागेर रकम निकाल्नुपर्ने अवस्था थियो । एफवान सफ्टको स्थापनासँगै विकास भएको प्रविधिका कारण आज बैंकिङ कारोबार यति सहज भएको छ कि मोबाईलमा क्लीक गरेकै भरमा विहानदेखि साँझसम्मको सुविधा प्राप्त हुने गर्न सम्भव भएको छ । विभिन्न सरकारी निकायमा भुक्तानी गर्नुपर्ने राजश्व, बिल, महसुल मात्रै नभई विश्वविद्यालयको शुल्क तथा बीमा कम्पनीमा बुझाउनुपर्ने बीमा शुल्क समेत एफवान सफ्टकै कम्पनीहरु इसेवा तथा फोनपेमार्फत तिर्न सकिन्छ ।

बीमा क्षेत्रमा पनि एफवान सफ्टको विशेष योगदान रहेको छ । जीवन बीमाको शुल्क सजिलै भुक्तानी गर्न सकिने व्यवस्था छ । सबै जीवन बीमा कम्पनीमा इसेवा आबद्ध भइसकेका छन् । इसेवामा बीमा पोलिसी नम्बर इन्ट्री गर्ने वित्तिकै बीमा शुल्क रकम भुक्तानी गर्न सकिन्छ ।
यसले आम सर्वसाधारणहरुको दैनिकी निकै सहज भएको छ । एफवान सफ्टकै कारण घण्टौ बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । डिजिटल प्रविधिको विकास विश्वभरै नै भइरहेको थियो ।

त्यसलाई एफवान सफ्टले नेपाल भित्राएर आम सर्वसाधारणको समय र अप्ठेरोहरुमा सारथी बन्न सघाइरहेको छ । एफवान् सफ्ट अन्तर्गत नेपालकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी गर्ने प्लेटफर्म इसेवा र फोन पे रहेका छन् । त्यस्तै, इसेवा रेमिट्यान्सले विदेशबाट विप्रेषण भित्राउने काम गरिरहेको छ भने कोजेन्ट हेल्थ नामक कम्पनी पनि सञ्चालित छन् । कोजेन्ट हेल्थले स्वास्थ्य बीमा व्यवस्थापनको काम गरिरहेको छ । इसेवाकै दर्शनटेक नामक सफ्टवयर निर्माण गर्ने कम्पनीले काम गरिरहेको छ भने दियालो टेक्नोलोजीको विकास गरिरहेको छ । त्यस्तै सिर्जनात्मक र व्यक्तित्व विकासमा फियटको भूमिका उल्लेख्य रहँदै आएको छ । एफवान सफ्टकै इसेवा मनि ट्रान्सफरको सुविधा समेत रहेको छ । विदेशमा बस्ने नेपालीहरुले इसेवामार्फत सजिलै नेपालमा रकम पठाउन सक्नेछन् ।

 

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:२४

  स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने...

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:३३

  नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:२७

    एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता...

माछापुच्छ्रे बैंकले नयाँ भवन रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरमा

माछापुच्छ्रे बैंकले नयाँ भवन रुपन्देही जिल्लाको सिद्धार्थनगर...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २१:५४

माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित...