CG Electronics
IME Life
NIMB

डिजिटल भुक्तानीमा माईलस्टोन एफवानसफ्ट १८ औं वर्षमा

NIMB
Himalayan Bank

काठमाडौं । १८ वर्षअघि अनलाईन भुक्तानीमा आधारित एफवान सफ्ट नामक कम्पनी स्थापना गर्दा विश्वास ढकाल, सुवास सापकोटाहरुलाई धेरै मानिसहरुले पत्याएका थिएनन् । लगत्तै एफवान सफ्टले इसेवा सुरु गर्यो । सन् २००९ मा इसेवा सुरु गर्दा पनि धेरैले हासिमजाकमै उडाएका थिए । आज एफवान सफ्टकै भगिनी संस्था इसेवा, फोन पे जस्ता प्लेटफर्महरु डिजिटल भुक्तानीमा माईलस्टोन बन्न सफल भएको छ भने बीमा क्षेत्रको अभिन्न अंग बन्न पुगेका छन् ।

नेपालमा डिजिटल भुक्तानी सेवाको प्याराडाईम सिफ्ट गर्ने एफवान सफ्ट आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १८ वर्षअघि नेपाली बैंकहरुले एटिएम सुविधा दिएको बाहेक बैंकको टेलरमा लाईन लागेर रकम निकाल्नुपर्ने अवस्था थियो । एफवान सफ्टको स्थापनासँगै विकास भएको प्रविधिका कारण आज बैंकिङ कारोबार यति सहज भएको छ कि मोबाईलमा क्लीक गरेकै भरमा विहानदेखि साँझसम्मको सुविधा प्राप्त हुने गर्न सम्भव भएको छ । विभिन्न सरकारी निकायमा भुक्तानी गर्नुपर्ने राजश्व, बिल, महसुल मात्रै नभई विश्वविद्यालयको शुल्क तथा बीमा कम्पनीमा बुझाउनुपर्ने बीमा शुल्क समेत एफवान सफ्टकै कम्पनीहरु इसेवा तथा फोनपेमार्फत तिर्न सकिन्छ ।

बीमा क्षेत्रमा पनि एफवान सफ्टको विशेष योगदान रहेको छ । जीवन बीमाको शुल्क सजिलै भुक्तानी गर्न सकिने व्यवस्था छ । सबै जीवन बीमा कम्पनीमा इसेवा आबद्ध भइसकेका छन् । इसेवामा बीमा पोलिसी नम्बर इन्ट्री गर्ने वित्तिकै बीमा शुल्क रकम भुक्तानी गर्न सकिन्छ ।
यसले आम सर्वसाधारणहरुको दैनिकी निकै सहज भएको छ । एफवान सफ्टकै कारण घण्टौ बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । डिजिटल प्रविधिको विकास विश्वभरै नै भइरहेको थियो ।

त्यसलाई एफवान सफ्टले नेपाल भित्राएर आम सर्वसाधारणको समय र अप्ठेरोहरुमा सारथी बन्न सघाइरहेको छ । एफवान् सफ्ट अन्तर्गत नेपालकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी गर्ने प्लेटफर्म इसेवा र फोन पे रहेका छन् । त्यस्तै, इसेवा रेमिट्यान्सले विदेशबाट विप्रेषण भित्राउने काम गरिरहेको छ भने कोजेन्ट हेल्थ नामक कम्पनी पनि सञ्चालित छन् । कोजेन्ट हेल्थले स्वास्थ्य बीमा व्यवस्थापनको काम गरिरहेको छ । इसेवाकै दर्शनटेक नामक सफ्टवयर निर्माण गर्ने कम्पनीले काम गरिरहेको छ भने दियालो टेक्नोलोजीको विकास गरिरहेको छ । त्यस्तै सिर्जनात्मक र व्यक्तित्व विकासमा फियटको भूमिका उल्लेख्य रहँदै आएको छ । एफवान सफ्टकै इसेवा मनि ट्रान्सफरको सुविधा समेत रहेको छ । विदेशमा बस्ने नेपालीहरुले इसेवामार्फत सजिलै नेपालमा रकम पठाउन सक्नेछन् ।

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...