CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

NIMB
Himalayan Bank

एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बैंकसँगको यो सहकार्यले कम्पनी उत्साहित भएको बताउँदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परताका साथ लाग्ने बताए ।

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको लागीआफ्नै ब्राण्डको कोप (एटिएम)कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुगुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पछि एससिटीसँगको सहकार्यमा सबै प्राविधिकतयारी पुरा भएपछि राष्ट्रिय सहकारी बैंकले छिट्टै आफ्ना सदस्य सहकारी संघरसंस्थाहरु मार्फत सहकारीमा आबद्ध सदस्यलाई एटिएम कार्ड प्रदान गर्ने बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।

उनले बाणिज्य बैंकका ग्राहकहरुले प्रयोग गरे जस्तै सहकारी संस्थाका सदस्यहरुले कोप कार्ड प्रयोग गर्न सक्ने विशेषता यसमा रहेकोले सहकारीका सदस्यहरुले कार्ड मार्फत आर्थिक कारोबार सक्ने भन्दै सुरक्षा र प्रविधिको हिसावले मजबुत मानिएको बताए ।

साथै नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानलाई पनि सहयोग पुग्ने उल्लेख गर्दै सहकारीका सदस्यहरुले पनि नगदरहीत कारोबार गर्न पाउनु आफैँमा ठूलो उपलब्धि रहेको बताए ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकले सहकारी र प्रविधि विच काम गर्न बैंकको डिजिटल बैंकिंग युनिट तयार गरि कार्य अगाडि बढाएको उल्लेख गर्दै बैंकमै उक्त यूनिटलाई परिचालनगरि सहकारी संस्थाहरुमाभएको प्रविधिलाई स्तरोन्नती गर्ने तथाविकसित बैंकिङ प्रविधिभित्राउन समन्वयत्मक भुमिका निर्वाह गर्ने बताए ।

एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बैंकसँगको यो सहकार्यले कम्पनी उत्साहित भएको बताउँदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परताका साथ लाग्ने बताए ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटिएम कार्ड, स्मार्ट क्यूआर कोड र मोवाइल बैंकिङमार्फत आफनो सेवा दिदैं एससिटीले हालसम्म बैंक तथा बित्तीय संस्थाहरुलाई मात्र सुविधा पु¥याउदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोवारलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा राष्ट्रिय सहकारी बैंक मार्फत सहजै एटिएमकार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएको छ ।

एससिटीले चीनको यूपिआईसँग सहकार्य गर्दै विगत केहि समय अगाडि देखि सहकारीहरुलाई कार्ड सेवा दिईसकेको भए पनि यसलाई प्रभावकारी बनाउन र सहकारी संघरसंस्थाहरुको सबै तहमा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा सबै प्रकृतिका सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गर्न लागेको हो ।

यसरी प्रदानगर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम पिओएस जुनसुकै स्थानमा चलाउन सकिने छ । एटिएम कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजकत्वको रुपमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले आफ्ना सदस्यहरुलाई जारी गर्नेछन् ।

सम्झौता पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमार्फत कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफ्नो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आवद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जँंहाबाट पनि एटिएम मार्फत रकमनिकाल्न सक्नेछन् ।

त्यस्तै पिओएसको माध्यमबाटकुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रतिविश्वास बढ्दै जाने र सहकारीको बचत सहकारीमै रहि रहने विश्वास बैंकले लिएको छ ।

यो सम्झौताले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्तिहुने र सहकारीहरुको विकासमाथप योगदान पुग्ने छ । बैंकसँगको सम्झौता पश्चात सहकारीहरुले जारी गर्ने कोप कार्ड ग्लोबल आइएमई बैंकको ३ सय भन्दा बढी एटिएम बुथबाट निस्शुल्क रुपमा रकम झिक्न सक्नेछन् ।

 

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

 

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...