सिटिजन्स बैंकका ग्राहकलाई चितवनको गैँडा क्याम्प होटलमा छुट
Monday Mar 14, 2022
वि.सं.२०७८ फागुन ३० सोमवार २२:४२
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सबै सेवा सुविधामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।
बैंकका ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।




























