CG Electronics
IME Life
Ncell NPL

चिनियाँ विमान दुर्घटनामा सवार सबै १३२ यात्रुको निधन, बोईङमा रहेको ७३७ वटा जहाज ग्राउण्डेड

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सम्भावित इलेक्ट्रिकल डिफल्टका कारण चीन माबोईङ ७३७–८०० जहाज दुर्घटनाग्रस्त भएपछि यसको भविष्यमाथि दोस्रो पटक प्रश्च चिन्ह उठेको छ । यसअघि बोईङ कम्पनीकै ७३७ म्याक्सका दुई वटा जहाज आकाशमा फ्लापर स्वचालित रुपमा सञ्चालन भई जहाजलाई घोप्ट्याउने समस्याबाट दुर्घटनाग्रस्त बनेपछि विश्वभरका सबै बोईङ म्याक्स ग्राउण्डेड गरिएको थियो ।

अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोईङ म्याक्समा रहेको उक्त समस्या हल गरिसकेको जनाए पछि पुनः देखिएपछि चीनले सबै बोईङ ७३७ सेरिजका जहाजलाई आजैबाट ग्राउण्डेड गरेको हो । चीनको यस्तो निर्णयसँगै १०२ वटा जहाज उडान प्रतिबन्धमा परेका छन् । हिजो भएको जहाज दुर्घटनासँगै भारतीय हवाई कम्पनीहरुमा रहेका बोईङ ७३७–८०० सेरिजका जहाजहरुमाथि कडा निगरानी राखिएको बीबीसीले जनाएको छ । चीनसँगै विश्वभर नै यो यात्रुहरु बोईङ ७३७ जहाज चढ्न डराउन थालेकाले समस्या झन् झनै गहिरो बन्दै जाने देखिएको छ ।

विश्वभरका पुनर्बीमा कम्पनीहरुले बोईङ म्याक्सको समस्यापछि बोईङ कम्पनीको हवाई बीमा शुल्कमा बृद्धि गरिसकेका छन् । हिजो चीनमा घटेको घटनसँगै बोईङ ७३७ मोडलका जहाजहरुका लागि बीमा शुल्क निकै महंगो हुने निश्चित छ । चाइना इष्टर्न एयरको हिजोको जहाज दुर्घटनामा मात्रै बीमा कम्पनीहरुको १० करोड डलर भन्दा बढि क्षतिपूर्ति तिर्नु पर्ने बोईङ ७३७ का लागि हवाई बीमा अझै महंगो हुनेछ ।

सन् २०१८ मा इण्डोनेसियामा भएको लायन एयर र सन् २०१९ मा इथोपियन एयरलाइन्सको बोईङ ७३७ म्याक्स दुर्घटना उडान भरेको केही समयमा नै भएको थियो । जहाजलाई सही गन्तव्यमा डोर्याउने उपकरण फ्लापर स्वचालित रुपमा सञ्चालन भई जहाजलाई घोप्ट्याउने समस्या बोईङ ७३७ जहाजमा देखिदै आएको थियो । कोरोना महामारी सुरु हुनुअघिसम्म बोईङ म्याक्समा सो समस्या समाधान भएको थिएन । गत वर्षको जुलाईमा बल्ल सबै ग्राउण्डेड जहाजहरुको समस्या समाधान गरेपछि बोईङ म्याक्स पुनः उडानमा छोडिएको थियो ।

अमेरिकी जहाज निर्माता कम्पनी बोईङले म्याक्समा व्यहोरेको समस्या एक वर्ष पनि नपुग्दै दोहोरिएपछि विश्वभर बोईङ जहाज सञ्चालन गर्दै आएका हवाई कम्पनीहरु तनावमा परेका छन् । सन् १९९८ बाट निर्माण सुरु गरिएको बोइङ ७३७ सेरिजका जहाज हालसम्म १० हजार ९२६ वटा निर्माण भइसकेका छन् । सो मध्ये करिब ४५०० वटा जहाज नियमित उडानमा रहेको छ । विश्वभर बोईङ कम्पनीको करिब १६ हजार जहाज रहेका छन् । सो मध्ये करिब सात हजार सञ्चालनमा रहेको जनाइएको छ ।

१८९ जना यात्रु बाहक क्षमता रहेको बोईङ ७३७ जहाज न्यारो बडी सेरिजको जहाजहरु हुन् । एयरबस ए–३२० सँग प्रतिस्पर्धा गरिहेको बोईङ ७३७ जहाजको भविष्य म्याक्स र ८०० सेरिजमा आएको समस्याका कारण चुनौतिपूर्ण बनेको छ । बोईङ कम्पनीले अझै चार हजार १७३ वटा जहाज डेलिभरी दिन बाँकी छ । जहाजमा इलेक्ट्रिकल इररका कारण समस्या देखिएपछि अर्डर रद्द गर्न सक्ने सम्भावना धेरै बढेको छ ।


लगातार समस्या दोहोरिन थालेपछि बोईङ ७३७ जहाज अब यात्रुहरुका लागि समेत अरुचिकर बन्न सक्ने देखिएको छ । चीनमा भएको हिजोको दुर्घटनासँगै बोईङ कम्पनीको भविष्य अन्योल बन्ने देखिएको छ । न्यूयोर्क स्टक एक्सचेन्जमा बोईङको शेयर ३ प्रतिशतले घटेको छ । हालसम्म चीनमा मात्रै ग्राउण्डेड गरिएको बाँकी विश्वमा ग्राउण्डेड हुन बाँकी छ । थप देशहरुमा ग्राउण्डेड भएमा बोईङ कम्पनीको शेयर मूल्यमा भारी गिरावट आउने अनुमान गरिएको छ ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...