CG Electronics
IME Life
Ncell NPL

नबिल बैंकले ‘बसन्ती’ प्रेरणादायी पात्र अभियान सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । बसन्ती परियारलाई एसिडसँगै ६ पटकसम्म चक्कु प्रहार आक्रमण गरिएको थियो ।

बसन्ती एसिड आक्रमणबाट बाँच्न सफल पिडितको रुपमा नभई बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन सङर्घष गरी रहेकी छिन । विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।

बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियान मार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास समेत गर्नेछ ।

यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले चैत ८ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ ।

वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा। रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहका सवाल उठान गरिएको थियो । प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत÷वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह/सहयोग सम्बन्धी विषयमा छलफल भएको थियो । एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो । बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको हो । यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहने बैंकले जनाएको छ ।

 

 

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...