IME Life
NIMB

भिटोफको अध्यक्षमा जस्फा पाण्डेको उम्मेदवारी

NIMB
Himalayan Bank

 

काठमाडौं । चैत ११ गते हुने भिटोफ नेपालको निर्वाचनमा पहिलोपटक महिला नेतृत्वका लागि जस्फा पाण्डे मैदानमा छिन् । नेपाली पर्यटन क्षेत्रमा संलग्न अग्रज एवं समकक्षी व्यवसायीहरूसँग उनले राजनीतिक आँखाले नहेरी भिटोफ नेपालको नेतृत्वमा महिलालाई एकपटक स्थान दिएर हेर्न आग्रह गरेकी छिन् । जस्फा पाण्डेले भनेकी छिन्– ‘अग्रज एवं समकक्षी पर्यटन व्यवसायीहरूको सद्भाव, सहयोग, सल्लाह, सुझावअनुरुप पहिलोपटक भिटोफ नेपालको महिला नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णय गरेको हुँ । मलाई विश्वास छ, नेपालमै बसेर नेपाली माटोलाई माया गर्ने मेरो संकल्पलाई राजनीतिक आँलाले नहेरी सबैको इमानदार साथ–सहयोग पाउने नै छु र मैले हामी सबै पर्यटन व्यवसायीहरूको साझा संस्था भिटोफ नेपाललाई थप परिपक्व र मजवुत बनाउने प्रण गरेको छु ।’

भिटोफ नेपालको सदस्य हुँदै वर्तमान महासचिव रहेकी जस्फा पाण्डेले मौलिक संस्कतिलाई जोगाउँदै, प्रवद्र्धन गर्दै नेपाली जीवनशैलीलाई विश्वमाझ पु¥याउने अनि गाउँघरमा रहेको पर्यटनका प्रचुर सम्भावनालाई विकास गर्दै गाउँ–गाउँमा उद्यमशीलताको विकास गर्ने लक्ष्यका साथ महिला उद्यमशीलता, सीपको विकास, पर्यटन पूर्वाधार निर्माण, गाउँका उत्पादन र भेषभूषाको प्रवद्र्धन गरी गाउँमै रोजगारीसमेत सिर्जना गर्ने स्पष्ट कार्ययोजनासहित अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।

आफू अध्यक्षमा निर्वाचित भएपछि गाउँ–गाउँमा महिला उद्यमशीलता दोब्बर पार्ने, पर्यटनमार्फत् नेपाली गाउँहरूलाई विश्वमाझ चिनाउने, स्थानीय परिकारहरूको विश्वव्यापीकरणका लागि अभियान चलाउने, स्थानीय रीति–रिवाज र संस्कृतिको जगेर्ना र प्रवद्र्धनका कार्यक्रम चलाउने, स्थानीय उत्पादनको व्यवसायिकरण गर्नका लागि कार्यक्रम ल्याइने, विदेशी पर्यटकहरूलाई गाउँ–गाउँमा पु¥याएर नेपाली मौलिकताको अनुभव गर्ने कार्यक्रम चलाउने, आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्ने, गाउँ–गाउँमा पूर्वाधारका लागि सरकार एवं अन्तर्राष्ट्रिय समुदायसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता उनले जनाएकी छिन् । पर्यटन व्यवसायीहरू पनि यसपटक भिटोफ नेपालको नेतृत्वमा महिलालाई पु¥याएर इतिहास रच्न लागिपरेको स्रोतहरूले जानकारी दिएका छन् ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...