Nabil Bank
prabhubank
nic bank

मकवानपुरको एकै विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी, एक पक्राउ

मिडिया स्पेस सोलुसन्स प्रालि

 

हेटौंडा । मकवानपुरको पुर्वी बागमती गाउपालिकाको एक विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी परेको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन्। बालिकाका अभिभावकहरूले विद्यालयका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा किटानी जाहेरी दिएका हुन्।जाहेरी पछि विद्यालयका शिक्षक हेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यलाई प्रहरीले खोजी गरीरहेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो।

विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन्। निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षक विरुद्ध छात्राहरूलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकहरूलाई पक्राउ गर्ने तयारी भइरहेको बताए पनि उनिहरू फरार रहेका छन्। यी तीन शिक्षकहरूले लामो समयदेखि छात्रा विद्यार्थीहरू माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका थिए।विद्यार्थीहरूले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन्।

निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरू बीच बैठक बसेको थियो। घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरूले प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन्।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले छात्रामाथि भएको यस किमिसमको अमानवीय र जघन्य अपराध विरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरूको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशिलतालाई ध्यानमा राखेर दोषीलाई उन्मुक्ति नपाउने गरी हदैसम्मको कारबाहीका माग गर्नुभएको छ।

विद्यालयमा उनीहरूले निवेदन दिएसँगै विद्यालय व्यवस्थापन समितिले घटनाको विषयमा छलफल गरेपनि पीडित विद्यार्थीहरू शिक्षकलाई कारबाही माग गर्दै तोडफोडमा उत्रिएका थिए। सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंका प्रतिनिधिहरू घटनाको जानकारी लिन घटनास्थलमा समेत पुगेका थिए।

श्रोत :आइएनएस/स्वतन्त्र समाचार

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिकमा  सवारीसाधन कर्जाको जोखिमभार घटाइयो

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिकमा सवारीसाधन...

वि.सं.२०८१ जेठ ५ शनिवार १७:२०

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जाको जोखिमभार घटाएको...

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो : यमन सिंह बोहरा

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो :...

वि.सं.२०८१ जेठ ५ शनिवार १६:५८

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक...

सशस्त्र प्रवक्ताको जिम्मेवारी डिआईजी न्यौपानेलाई

सशस्त्र प्रवक्ताको जिम्मेवारी डिआईजी न्यौपानेलाई

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०९

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक...

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन

गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार...

वि.सं.२०८१ जेठ ५ शनिवार १२:५४

  काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार...

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो...

वि.सं.२०८१ जेठ ५ शनिवार १२:३९

  ‘एनेस्थेसियोलोजिष्टको जिम्मेवारी भनेकै अपरेशन अगाडि र पछाडिसम्म बिरामीलाई हेर्नु...

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:३२

  काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै मन्त्रीको...