यी दुई बैंकको आधार दर दोहोरो अंकमा उक्लियो, कुनको कति ?
Friday Apr 22, 2022
वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०९:४२
काठमाडौँ । बाणिज्य बैंकहरुको आधार दर उक्लिएको छ। दुई बैंकको आधार दर दोहोरो अंकमा पुगेको छ। अधिकांसको दोहोरो अंकको नजिक आधार दर पुगेको छ।
सनराइज बैंकको आधार दर १०.११ प्रतिशत र मेगा बैंकको १०.१० प्रतिशतमा उक्लिएको छ। पुसमा यी बैंकको ८.९४ र ८.७७ प्रतिशत मात्र थियो।
नौ प्रतिशतमाथि सानिमा, नेपाल बंगलादेश, नेपाल एसबीआइ, एनसीसी, प्रभु, एनआइसी एसिया, हिमालयन, सिद्धार्थ, सेञ्चुरी, माछापुच्छ्रे, लक्ष्मी, प्राइम, सिटिजन्स, कुमारी बैंक र सिभिल बैंकको छ। बाँकी बैंकको ९ प्रतिशत तल आधार दर छ।
सबैभन्दा कम आधार दर राष्ट्रिय बाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्टको छ। राष्ट्रिय बाणिज्य बैंकको ७.३१ प्रतिशत आधार दर छ।




























