CG Electronics
IME Life
Ncell NPL

नेपालमा मोटरस्पोर्ट्सको नयाँ युग: ‘Red Bull DT Time Attack’ मार्फत युवा राइडर अन्तर्राष्ट्रिय मञ्चतर्फ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपालमा मोटरस्पोर्ट्स संस्कृति विस्तार गर्ने उद्देश्यसहित धुलिखेलमा ‘Red Bull DT Time Attack’ प्रतियोगिता आयोजना हुने भएको छ, जसले युवा राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

आगामी अप्रिल २५ (बैशाख १२) गते धुलिखेलस्थित Dirt Temple Racing Track मा आयोजना हुने यस प्रतियोगितालाई Red Bull ले मुख्य प्रायोजन गरेको छ।

टाइम, डिस्टेन्स र सेफ्टीलाई केन्द्रमा राखेर सञ्चालन हुने यस प्रतियोगितामा विशेषगरी दुई लोकप्रिय अफरोड बाइक—Hero Xpulse 200 र Zumav 250—लाई प्रतिस्पर्धामा उतारिनेछ।

दुई फरक क्याटागोरीमा हुने प्रतियोगितामा सहभागी राइडरहरूले आयोजकद्वारा निर्दिष्ट यही मोडलका बाइक प्रयोग गर्नेछन्। आफ्नै बाइक नभएका राइडरहरूलाई समेत आयोजकले बाइक उपलब्ध गराउने व्यवस्था गरिएको छ, जसले नयाँ प्रतिभालाई अवसर दिने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य मोटरस्पोर्ट्सलाई सीमित वर्गबाट बाहिर ल्याएर सबैको पहुँचमा पु¥याउनु हो। यसले नयाँ पुस्ताका राइडरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मात्र होइन, व्यावसायिक करिअरतर्फ अघि बढ्ने बाटो पनि खोल्नेछ।

यस प्रतियोगितालाई Nepal Automobiles Association (NASA Nepal) ले स्वीकृति दिएको छ भने अन्तर्राष्ट्रिय मोटरसाइकल संस्था Fédération Internationale de Motocyclisme (FIM) को समेत समर्थन रहेको छ।

आयोजक संस्था डर्ट टेम्पलले आगामी एक वर्षभित्र यस्ता करिब १० वटा प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको छ। सोही योजनाअनुसार ‘Red Bull DT Time Attack’ पहिलो इभेन्टका रूपमा अगाडि ल्याइएको हो।

नेपालकै पहिलो मोटोक्रस रेस ट्र्याकका रूपमा चिनिएको डर्ट टेम्पल राजधानीबाट करिब ३२ किलोमिटर टाढा धुलिखेलमा अवस्थित छ। यसले रेसरहरूलाई आफ्नो सीप निखार्ने, प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्ने प्लेटफर्म प्रदान गर्दै आएको छ।

आयोजकको विश्वास छ कि यस्ता पहलले नेपालमा मोटरस्पोर्ट्सलाई नयाँ उचाइमा पु¥याउँदै देशलाई अन्तर्राष्ट्रिय रेसिङ मञ्चमा स्थापित गर्न मद्दत गर्नेछ।

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...