CG Electronics
IME Life
NIMB

वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने

NIMB
Himalayan Bank

 

काठमाडौं । वाणिज्य बैंकहरूले आइतबार र शनिबार पनि ग्राहकलाई बैंकिङ सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै आइतबार र शनिबार सार्वजनिक बिदा गर्न निर्देशन दिएपनि बैंकहरुले भने सेवाग्राहीलाई मध्येनजर गर्दै केही निश्चित शाखाहरुरूबाट सेवा दिने भएका हुन् ।

बैंकहरूले उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखाहरु खुल्ने सूचना जारी गरेका छन् । हामीलाई प्राप्त तथ्यांक अनुसार अहिलेसम्म १२ वटा बैंकले मात्रै आइतबार र शनिबार विभिन्न ठाउँका शाखाहरू सञ्चालन गरेर बैंकिङ सेवा दिने बताएका छन् । यद्यपि, सेवाको समय भने केही सीमित निर्धारण गरिएको छ ।

अहिलेसम्म सेञ्चुरी बैंक, कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबिआई, एभरेष्ट बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, एनएमबी बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डू र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने आइतबार र शनिबार बैंकिङ सेवा दिने भएका छन् ।

अन्य बैंकहरूले भने बैशाख ३१ गते नै सूचना जारी गरेका छन् । ती सूचनाको आधारमा हामीले सो सामग्री तयार पारेका हौं ।

 

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आइतबार र शनिबार विभिन्न ठाउँमा रहेका शाखा खुल्ने सूचना जारी गरेको छ । बैंकले सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म बैंक खुल्न बताएको छ । बैंकले आइतबार र शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्ने विभिन्न शाखाहरुको सूचना जारी गरेको छ । खुल्ने शाखाहरुमा पुतलीसडक, किर्तिपुर, धुम्बाराही, पुल्चोक, बत्तिसपुतली, गोंगबु, लाजिम्पाट, न्यूरोड, ठमेल, कालीमाटी, नक्साल, महाराजगंज र सिपाडोलक शाखा रहेका छन् ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एशिया बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो । बैंकले बिहान ११ बजेदेखि ३ बजेसम्म विभिन्न शाखाहरु खुल्ने जनाएको छ । यस्तै बैंकले दशैं र तिहार बाहेक लगातार दुई दिन बढि बिदा भए तेस्रो दिन देखि बैंकिङ्ग सेवा सुचारु गर्न जनाएको छ । बैंकले आफ्नो वेवसाइटमा शनिबार र आइतबार खुल्ने शाखाहरुको सूची सार्वजनिक गरेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले पनि आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि हिमालयन बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो ।

बैंकले समय सीमा निर्धारण गरेर विभिन्न शाखाहरु खुल्ने जनाएको हो । बैंकले ठमेल, पाटन, न्यूरोड, महाराजगंज भक्तपूर, भैरहवा, बुटवल, पोखरा, नेपालगञ्ज, भरतपुर र धनगढी लगायतका शाखा खुल्ने जनाएको हो । यी विभिन्न शाखा खुल्ने समय पनि बैंकले निर्धारण गरेको छ ।

नबिल बैंक

नबिल बैंकले पनि शनिबार र आइतबारका लागि खुल्ने शाखाहरुको सूची बैंकको वेबसाइटमा राखेको छ । बैंकले आइतबार र शनिबार प्रदेश एकको विराटनगर शाखा, मधेश प्रदेशको बिरगञ्ज शाखा, बागमतिमा तिनधारा र ललितपुर शाखा, गण्डकीको पोखरा शाखा, लुम्बिनीको बुटवल शाखा र सुदूरपश्चिमको धनगढी शाखा खुल्ने जनाएको छ । बैंकले ती दुई दिन बिहान १० बजेदेखि दिउसो १ बजेसम्म शाखा खुल्ने जनाएको छ ।

सिभिल बैंक

सिभिल बैंकले पनि जेठ १ गते आइतबार र दुई गते सार्वजनिक बिदा परेकोले बैंकको केन्द्रिय कार्यालय खुल्ने जनाएको छ । बैंकले बिहान ९ः४५ बजेदेखि साँझ ५ः१५ सम्म बैंकिङ सेवा दिने जनाएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले पनि आइतबार र शनिबार बैंकिङ सेवा दिने भएको छ । बैंकले विदाको दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म विभिन्न शाखा मार्फत् बैंकिङ सेवा दिने जनाएको छ । बैंकले ती दुई दिन खुल्ने शाखाहरुमा दरबारमार्ग, बत्तिसपुतली शाखा, कोटेश्वर, कुमारीपाटी, न्यूरोड शाखा रहेका छन् । बैंकले उपत्यका बाहिरका शाखाहरु पनि खुल्ने जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि केही शाखाहरु खोलेर बैंकिङ सेवा दिने बताएको छ । बैंकले सार्वजनिक विदाका दिन खुल्ने शाखाहरुको सूचि पनि प्रकाशित गरेको छ । आइतबार र शनिबार खुल्ने शाखाहरुमा महाराजगञ्ज, स्वयम्भू, कलंकी, हात्तिसार, चाबहिल, तिनकुने, न्यूरोड लगायत उपत्यका बाहिरका शाखाहरु पनि रहेका छन् ।

सानिमा बैंक

सानिमा बैंकले पनि शनिबार र आइतबार पनि सेवा दिने भएको छ । बैंकले यी दुई दिन खुल्ने शाखाहरुको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक विदाको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने जनाएको छ ।

बैंकले न्यूरोड, कुमारीपाटी, चुच्चेपाटी, कलंकी, सुर्यविनायक, नयाँ बानेश्वर लगायत उपत्यका बाहिरका शाखाहरु पनि खुल्ने जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले पनि विदाको दिन सेवा दिने जनाएको छ । बैंकले सूचना जारी गर्दै आइतबार र शनिबार खेुल्ने शाखाहरुको नाम सार्वजिनक गरेको छ । बैंकले शनिबार र आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । बैंकले न्यूरोड, पुल्चोक, भक्तपुर, कुमारीपाटी, ठीमी लगायत उपत्यका बाहिरका शाखाहरु पनि खुल्ने जनाएको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले पनि बिदाको दिन बैंकिङ सेवा दिने जनाएको छ । बैंकको शनिबार र आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न शाखाहरु खुल्नेछन् । बैंकले यी दुई दिन न्यूरोड, सुर्यविनायक, चाबहिल, कुमारीपाटी लगायत उपत्यका बाहिरका शाखाहरु पनि खुल्ने जनाएको छ ।

सनराइज बैंक

सनराइज बैंकले पनि आइतबार र शनिबार पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले बिहान ११ बजेदेखि दिउँसो २ बजे र १ बजेदेखि ४ बजेसम्म विभिन्न शाखाहरु खोलेर बैंकिङ सेवा दिने जनाएको छ । बैंकले उपत्यकाभित्रका महारजगंज, गैरीधारा, दरबारमार्ग, तीनकुने, कालीमाटी, हेटौडा लगायतका शाखाहरु खुल्ने जनाएको छ । बैंकले उपत्यकाबाहिरका केही शाखाहरुबाट पनि बैंकिङ सेवा प्रदान गर्नेछ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले पनि विदाको दिन बैंकिङ सेवा दिनेछ । बैंकले समय निर्धारण गरेर खुल्ने शाखाहरुको सूची सार्वजनिक गरेको छ । बैंकले पुतलीसडक, भक्तपुर, ललितपुर, बालाजु, कमलपोखरी, नयाँ सडक, नयाँ बानेश्वर, पाटन, चाबहिल लगायतका शाखा खुल्ने जनाएको छ ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...