मकवानपुरको बकैया गाउँपालिका १० मा महिला वडाध्यक्षमा वाईवा विजयी
Monday May 16, 2022
वि.सं.२०७९ जेठ २ सोमवार ०९:५७
हेटौँडा । मकवानपुरले पहिलो पटक जनप्रतिनिधिको रुपमा वडाध्यक्ष प्राप्त गर्न सफल भएको छ । पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १० मा गठवन्धनबाट उम्मेद्वार बनेकी कांग्रेस नेतृ कमला वाईवा विजयी भएकी छिन् । वाईवाले ८ सय १६ मत ल्याउदै नेकपा एमालेका उम्मेद्वारलाई पराजित गरेकी हुन् । एमाले उम्मेद्वार कमलबहादुर घलानले ४ सय ६६ मत प्राप्त गरे ।
विजयी वडाध्यक्ष वाईवा यसअघिको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिईन् ।





























