CG Electronics
IME Life
NIMB

निक्षेप तथा कर्जा सुरक्षा कोषले सीइओ पदमा आवेदन माग्यो

NIMB
Himalayan Bank

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षा कोषले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन माग गरेको छ। प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सरकारले गठन गरेको छनोट तथा सिफारिस समितिले आवेदनको सूचना प्रकाशित गरेको हो।

उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ। आवेदक मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा व्यवसायमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख छ। सूचना अनुसार चार्टर्ड एकाउन्टेन्टले पनि यो प्रतिस्पर्धामा भाग लिन सक्नेछन्।

आवेदकसँग आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा कम्तिमा अधिकृत द्वितिय श्रेणी वा सो सरहको पदमा कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। आवेदक निक्षेप तथा कर्जा कोष ऐन, २०७३ को दफा ९(ग) बमोजिम अयोग्य साबित नभएको हुनु पर्नेछ बताइएको छ।

योग्य आवेदकले आगामी जेठ २१ गतेसम्म गोप्य सिलबन्दी आवेदन पेस गर्न सक्नेछन्। छनोट समितिले योग्य उम्मेदवारबाट उत्कृष्ट तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्ने जनाएको छ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...