CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माईती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिंदै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा माईती नेपालको तर्फबाट सस्थापक अनुराधा कोईराला, कार्यकारी सञ्चालक बिश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोईरालाको उपस्थिति रहेको थियो भने एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थिको उपस्थिती रहेको थियो ।

गतबर्ष महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तिकरणको लागि बिभिन्न समयमा बिभिन्न महिला समूहरुलाई बित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । माईती नेपालका दिदिबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनिहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले बिश्वास लिएको छ । बैंक र माईती नेपाल दुबै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने भएका छन् ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर नेपाल” प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३८

  काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल...

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३६

  काठमाडौं, जेष्ठ ६, २०८३ – भिभोले नेपालमा आफ्नो वाई...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३७

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू...

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३३

  काठमाडौं । फोनपोइन्ट्स ले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत...