CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक र ग्लोबल आईएमई बैंक कर्जा विस्तारमा अगाडि बढेको छ । गत असारको तुलनामा बैशाख मसान्तसम्म यी दुई बैंकले अन्य बैंकको तुलनामा बढी कर्जा विस्तार गरेका छन् ।

आर्थिक बर्ष २०७९ बैशाख महिनासम्म नेपाल बैंकले ३१।९८ प्रतिशतले कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको असार महिनामा १ खर्ब ४४ अर्ब रूपैयाँ कर्जा लगानी गरेको नेपाल बैंकले चालु आवको बैशाखसम्म कुल १ खर्ब ७६ अर्ब ९३ लाख रूपैयाँ कर्जा विस्तार गरेको देखिएको छ ।

यस्तै, कर्जा लगानीमा दोस्रोमा ग्लोबल आईएमई बैंक छ । ग्लोबल आईएमई बैंकले असारको तुलनामा चालु आवको बैशाखसम्म कुल ३०।५१ प्रतिशतले कर्जा लगानी बढाएको छ । गत आवको असार मसान्तसम्म कुल २ खर्ब ४२ अर्ब रूपैयाँ कर्जा लगानी गरेको यस बैंकले चालु आबको बैशाखसम्म कुल २ खर्ब ७३ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ ।

गत असारको तुलनामा बैशाखसम्म सबै वाणिज्य बैंकको कर्जा लगानी बढेको देखिएको छ । एनएमबि बैंकले २७ प्रतिशत, कृषि विकास बैंकले २६ प्रतिशत, राष्ट्रिय वाणिय बैंकले २४ प्रतिशत, लक्ष्मी बैंकले २३ र नबिल बैंकले २२ प्रतिशतले कर्जा लगानी बढाएका छन् ।

गत असारसम्म कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चालु आवको बैशाख महिनासम्म कुल ४१ खर्ब ९१ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् ।

८ बैंकको निक्षेप घट्यो

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत असारको तुलनामा बैशाखसम्म ८ वटा वाणिज्य बैंकको निक्षेप घटेको छ । निक्षेप घट्नेमा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई, सेञ्चुरी, कृषि विकास र बैंक अफ काठमाण्डूको निक्षेप घटेको देखिएको हो ।

सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकको घटेको देखिएको छ । गत असारसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको यस बैंकको चालु आवको बैशाखसम्म २ खर्ब ४६ अर्ब रूपैयाँमा सीमित भएको हो ।

यस्तै गत असारको तुलनामा प्राइम कमर्सियल बैंकको ४।०२ प्रतिशत, एनआईसी एसियाको ३।१० प्रतिशत, नेपाल बंगलादेश बैंकको ७।३८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ६।३३ प्रतिशत, बैंक अफ काठमाण्डूको ०।१९ प्रतिशत, सेञ्चुरीको ४।५८ प्रतिशत र कृषि विकास बैंकको १।८६ प्रतिशत निक्षेप घटेको देखिएको छ ।

बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ७० अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । गत असारमा बैंकहरूले कुल ४२ खर्ब १ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए । त्यस्तै, गत साताको तुलनामा भने बैंकको निक्षेप ३ अर्ब रूपैयाँले घटेको छ ।

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३८

  काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल...

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३६

  काठमाडौं, जेष्ठ ६, २०८३ – भिभोले नेपालमा आफ्नो वाई...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३७

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू...

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३३

  काठमाडौं । फोनपोइन्ट्स ले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत...