CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन् ।

यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ ।

यहि समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९,९९८ के जी ९५,२०४ केजी कुहिने र २४,७९४ केजी नकुहिने० फोहोर संकलन भइसकेको छ । यी फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ ।

अभियानको बारेमा बोल्दै क्याम्पेन डिरेक्टरले भने, अत्याधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ । र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौं ।

नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा “हिमाल बचाउने प्रयासस हाम्रो हिमाल, हाम्रो दायित्व” रहेको छ ।

स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिनेछ ।

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३८

  काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल...

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३६

  काठमाडौं, जेष्ठ ६, २०८३ – भिभोले नेपालमा आफ्नो वाई...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३७

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू...

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३३

  काठमाडौं । फोनपोइन्ट्स ले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत...