नेपालमा स्वदेशी जुत्ता चप्पलहरु ग्राहकहरूको रोजाइमा
Saturday May 21, 2022
वि.सं.२०७९ जेठ ७ शनिवार १४:५५
काठमाडौं । पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरु ग्राहकहरूको रोजाइमा पर्न थालेको छ । भृकुटीमण्डपस्थित जुत्ता चप्पल मेलामा बढ्यो , गत वैशाख १५ गतेदेखि भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रबर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड नै लाग्ने गरेको छ । स्थानीय तह निर्वाचनले केही दिन प्रभावित बनाएको व्यापार मेलामा चुनाव सकिए लगत्तै ग्राहकहरू बढ्न थालेका छन् ।
मेलामा भेटिएका ग्राहक अनिल खड्का र निराजन भण्डारीले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएको कारण नै आफूहरूलाई मन पर्ने बताए । नेपालमै सबै बर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ता चप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाई छ ।























