NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनआईसी एशिया बैंकको डिजिटल प्लेटफर्म ‘आइसर्भ’ ले उत्कृष्ट सेवा

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । एनआईसी एशिया बैंकको डिजिटल प्लेटफर्म ‘आइसर्भ’ ले उत्कृष्ट सेवा दिएको बैंकले दाबी गरेको छ। यो एन आई सी एशिया बैंकको यस्तो डिजिटल प्लेटफर्म जहाँ हरेक ग्राहकले घरमै बसी धेरै भन्दा धेरै सेवा प्राप्त गर्न सक्छन्। एन आई सी एशिया बैंकले आईसर्फ प्लेटफर्म भने कोरोना संक्रमण शुरु हुनुभन्दा पहिलानै ल्याएको हो। कोरोना संक्रमणसँगै यसको प्रयोग भने तीब्र रुपमा बढिरहेको बैंकले जनाएको छ।

कोरोना संक्रमणको लकडाउनको बेला डिजिटलमा कारोबार गर्ने ग्राहकको संख्या ऐतिहासिक उच्चतम विन्दुमा रहेकोे थियो। एन आई सी एशिया बैंकले ल्याएको डिजिटल प्लेटफर्म ‘आइसर्भ’ले आफ्ना ग्राहकलाई डिजिटल सेवा दिन धेरै सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए। कोभिड–१९ सुरु भएपछि लकडाउन भयो। यसले गर्दा घरबाटै सेवा लिने ग्राहकको संख्या ह्वात्तै बढ्यो। ग्राहकको चाप डिजिटल कारोबारमा बढेपछि बैंकले यस प्लेटफर्मलाई अझ परिस्कृत गरेर अगाडि ल्याएको जनाएको छ।

 

बैंकले घरमै बसेर आईसर्भबाट सेवा लिने ग्राहकलाई थप सहुलियत पनि उपलब्ध गराएको जनाएको छ। आफ्ना ग्राहकलाई आईसर्भमा जोडिएर कारोबार गर्न बैंकले स्किमसहित प्रेरित गरिरहेको छ। बैंकका अनुसार अहिले एन आई सी एशिया बैंकको मोबाइलबाट हुने कारोबारको संख्या उच्च छ। यो सँगै बैंकको वेबसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा पनि ग्राहकलाई जोड्ने काम बैंकले गतिशील रुपमा गरिरहेको छ।

आईसर्भमा उपलब्ध सेवाहरू
एनआईसी बैंकका अनुसार आईसर्भ प्लेटफर्म बैंकको वेवसाइट र बैंकको मोबाइल एप ९एन आई सी एशिया मोबैंक० बाट प्रयोग गर्न सकिन्छ। डिजिटल कारोबार गर्दा सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हुन्छ । एन आई सी एशिया बैंकले पनि आफ्ना ग्राहकको कारोबारमा कुनै पनि जोखिम नहोस् भनेर सुरक्षालाई विशेष ध्यान दिएको छ।

कारोबार सधै सुरक्षित होस् भनेर नै बैंकले विभिन्न तहमा यसको प्रणालीको विकास गरेको छ। जस्तो कि आईसर्भमा उपलब्ध कुनै पनि सेवा प्रयोग गर्दा ग्राहकको मोबाइलमा ओटिपी भेरिफिकेसन कोड आउँछ। उक्त कोडको प्रयोग गरेपछि मात्र यो सेवा उपभोग गर्न पाइन्छ। जसले आफ्ना सेवाहरूलाई अझबढी विश्वासिलो बनाएको छ। आइसर्भभित्र मुख्य चारवटा डोमेनहरू मोबाइल बैंकिङ्ग सेवा, कस्टुमर सर्भिस, टेलर सर्भिस र कार्ड सर्भिस छन्। यिनै चारवटा सेग्मेन्ट भित्र विभिन्न २४ वटा सेवाहरू उपलब्ध छन्।

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...