नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर
Sunday Aug 16, 2026
वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२
काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण कपडा धुने तथा सुकाउने काम झन्झटिलो बन्ने अवस्थालाई ध्यानमा राख्दै एलजीले नेपाली बजारमा एआई डीडी २.० वासर एन्ड ड्रायर सार्वजनिक गरेको छ।
नेपालमा मनसुनका बेला घाम नलाग्दा कपडा सुक्न लामो समय लाग्ने, कपडामा ओसिलोपन वा गन्ध रहने तथा सुकाउन पर्याप्त ठाउँको अभाव हुने समस्या धेरै घरपरिवारले भोग्दै आएका छन्। यस्ता समस्यालाई सहज बनाउन एउटै मेसिनबाट कपडा धुने र सुकाउने सुविधा उपलब्ध गराउने गरी उक्त वासर एन्ड ड्रायर बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा उपलब्ध छ।
उक्त वासर एन्ड ड्रायरमा एआई डीडी २.० टेक्नोलोजी, स्टिम एलर्जी केयर तथा स्टिम रिफ्रेस, एलजी थिनक्यू, इजडिस्पेन्स, ६ मोसन डाइरेक्ट ड्राइभसहित एआई वास र टर्बोवास ३६० डिग्रीजस्ता प्रविधि समावेश गरिएको छ।
कम्पनीका अनुसार एआई डीडी २.० टेक्नोलोजीले कपडाको तौल र फेब्रिकको प्रकार पहिचान गरी उपयुक्त फेब्रिक केयरमा सहयोग गर्छ। स्टिम एलर्जी केयर तथा स्टिम रिफ्रेसले परीक्षण गरिएको अवस्थामा ९९.९ प्रतिशतसम्म सामान्य एलर्जेन कम गर्न, गन्ध घटाउन तथा कपडालाई रिफ्रेस गर्न सहयोग गर्ने दाबी गरिएको छ।
एलजी थिनक्यूमार्फत स्मार्टफोन प्रयोग गरी वासरलाई मोनिटर तथा नियन्त्रण गर्न सकिन्छ। यस्तै, इजडिस्पेन्स सुविधाले लन्ड्री लोडअनुसार आवश्यक डिटर्जेन्ट र सफ्टनरको मात्रा स्वचालित रूपमा उपलब्ध गराउँछ।
६ मोसन डाइरेक्ट ड्राइभ र एआई वासले कपडाको तौल तथा फेब्रिकका विशेषताअनुसार वासिङ साइकललाई अनुकूल बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। टर्बोवास ३६० डिग्रीले ३९ मिनेटमै प्रभावकारी धुलाई उपलब्ध गराउँदै पानी र ऊर्जाको प्रभावकारी प्रयोगमा सहयोग गर्ने दाबी गरिएको छ।
मनसुनमा बाहिर कपडा सुकाउन कठिन हुने अवस्थामा एउटै उपकरणबाट ‘वास एन्ड ड्राई’ सुविधा लिन सकिने भएकाले दैनिक लन्ड्री रुटिन सहज हुने कम्पनीको विश्वास छ।
एलजी एआई डीडी २.० वासर एन्ड ड्रायर नेपालभरका एलजीका आधिकारिक रिटेल नेटवर्कमार्फत उपलब्ध रहेको छ। ग्राहकले सीजी डिजिटल, एलजी ब्रान्डशप तथा आधिकारिक एलजी डिलरमार्फत खरिद गर्न सक्नेछन्। कम्पनीले ० प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा समेत उपलब्ध रहेको जनाएको छ।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले लामो समयदेखि एलजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपाली बजारमा विभिन्न उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण उपलब्ध गराउँदै आएको छ।






















