NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ उत्साहजनक सहभागिता र अपेक्षाभन्दा बढी सफलता हासिल गर्दै सम्पन्न भएको छ। साउन २६ गते औपचारिक रूपमा उद्घाटन भएको एक्स्पोमा छ दिनको अवधिमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढी दर्शक एक्स्पोमा पुगेका थिए।

नाइमाले छ दिनमा करिब डेढ लाख दर्शक आउने अनुमान गरे पनि वास्तविक सहभागिता एक लाख ८० हजार नाघेपछि आयोजक उत्साहित भएका छन्।

समापन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी दर्शकको उपस्थिति र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन्।

‘यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो,’ उनले भनिन्, ‘एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ।’

उनले नाइमा जस्तो युवा संस्थाका लागि यति ठूलो संख्यामा दर्शकको उपस्थिति सबैभन्दा ठूलो उत्साह र प्रेरणा भएको बताउँदै आगामी दिनमा एक्स्पोलाई अझ ठूलो, प्रभावकारी र बलियो बनाउने लक्ष्य रहेको उल्लेख गरिन्।

नाइमा बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा दर्शकको आगमनलाई अटोमोबाइल उद्योगका लागि सुखद संकेतका रूपमा लिएका छन्। अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पो सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए।

उनका अनुसार एक्स्पोमा अपेक्षाभन्दा धेरै दर्शक आउनुका साथै इन्क्वायरी र सवारी बुकिङ पनि उत्साहजनक रहेको छ।

त्यसैगरी, नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई एक शब्दमा ‘सुपरहिट’ भनेका छन्। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनलाई प्राथमिकता दिँदै एक्स्पोलाई केवल सवारी प्रदर्शनको मेला नभई ज्ञान र अवधारणा आदानप्रदानको प्लेटफर्मका रूपमा स्थापित गरिएको बताए।

ज्ञान र संवादलाई पनि प्राथमिकता

एक्स्पोमा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ तथा ‘लर्निङ सेसन’ समेत आयोजना गरिएको थियो। दिगो यातायात, मोबिलिटीको भविष्य, प्रविधि, रोजगारी तथा उद्योगसँग सम्बन्धित विभिन्न विषयमा सरोकारवाला, विज्ञ र शिक्षाविद्बीच छलफल तथा अन्तरक्रिया भएको आयोजकले जनाएको छ।

समापनका दिन आयोजित मोबिलिटी संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमा बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ र थापाथली इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक लोचनकेन्द्र देवकोटा सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताले गरेका थिए।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गरिएको हो। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

एक्स्पोमा ग्लोबल आईएमई बैंक को–स्पोन्सर रहेको थियो भने विभिन्न बैंक, बीमा, प्रविधि, शिक्षा, चार्जिङ, राइड, हस्पिटालिटी, मेडिकल तथा अन्य क्षेत्रका संस्थाहरूले साझेदारका रूपमा सहयोग गरेका थिए।

५५ भन्दा बढी ब्रान्डको सहभागिता, ५३ नयाँ उत्पादन सार्वजनिक र एक लाख ८० हजारभन्दा बढी दर्शकको उपस्थितिसँगै दोस्रो नाइमा नेपाल मोबिलिटी एक्स्पोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका लागि नयाँ उत्साह थपेको आयोजकको भनाइ छ

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...