बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण
Sunday Aug 16, 2026
वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४
काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल मे/जुन २०२६ परीक्षा शृंखलामा उत्कृष्ट नतिजा हासिल गरेको जनाएको छ।
कलेजका अनुसार परीक्षामा सहभागी १०६ जना विद्यार्थीमध्ये ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजामा ७ जना विद्यार्थीले A* ग्रेड र ३३ जना विद्यार्थीले A ग्रेड हासिल गरेका छन्।
उत्कृष्ट नतिजाले विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता तथा कलेजले प्रदान गर्दै आएको सहयोगी र गुणस्तरीय सिकाइ वातावरणलाई प्रतिबिम्बित गरेको बीएमसीले जनाएको छ।
विद्यार्थीहरूको महिनौँको निरन्तर तयारी, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर प्रोत्साहन तथा सहयोगका कारण यस्तो उपलब्धि हासिल भएको कलेजको भनाइ छ।
ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजन कुमार राईले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै उनीहरूको सफलतामा योगदान पुर्याउने शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका छन्।
‘यो ब्रिटिश मोडल कलेज र सम्पूर्ण ब्रिटिश एजुकेसन ग्रुपका लागि गर्वको क्षण हो,’ उनले भने, ‘यस उपलब्धिले विद्यार्थीहरूमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’
उनले युवा पुस्तालाई सक्षम बनाउँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल हुन आवश्यक आधार प्रदान गर्न समूह निरन्तर प्रतिबद्ध रहेको बताए।
ए लेभल पूरा गरेका विद्यार्थीका लागि यो नतिजा उच्च शिक्षातर्फको आगामी यात्रा तथा भावी करियरका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हुने कलेजले जनाएको छ।
ब्रिटिश मोडल कलेजले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल परीक्षामा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै यस उपलब्धिमा योगदान पुर्याउने शिक्षक, अभिभावक तथा सम्पूर्ण कलेज परिवारप्रति आभार व्यक्त गरेको छ।






















