NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई इलेक्ट्रिक एसयुभि इ.मास ५ र इ.मास ७ ले अवलोकनकर्ता तथा ग्राहकहरूको व्यापक ध्यान आकर्षित गरेका छन्। हल ‘बी’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका यी दुवै मोडलप्रति गाडीको विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे जानकारी लिन ग्राहकहरूको उल्लेख्य भीड देखिएको थियो।

हालै सार्वजनिक गरिएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि ‘प्रोटोन इ.मास ५’ विशेषगरी आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएको कम्पनीले जनाएको छ। रियर–ह्विल–ड्राइभ प्लेटफर्म, स्मार्ट स्टोरेज सुविधा, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने भेहिकल–टु–लोड (भीटुएल) प्रविधि तथा जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता विशेषताले इ.मास ५ प्रति ग्राहकको आकर्षण बढाएको थियो।

कम्प्याक्ट बनावट र व्यावहारिक सुविधासहित इ.मास ५ दैनिक सहरी यात्राका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ। यो ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ, जसको मूल्य क्रमशः ३२ लाख ९९ हजार रुपैयाँ र ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, ठूलो तथा फराकिलो इलेक्ट्रिक एसयुभिको अनुभव चाहने ग्राहकका लागि ‘प्रोटोन इ.मास ७’ पनि आकर्षणको केन्द्र बनेको थियो। फराकिलो स्पेस, उत्कृष्ट पर्फमेन्स र लामो दूरीको यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको यो एसयुभि पारिवारिक प्रयोगका लागि समेत उपयुक्त रहेको कम्पनीको भनाइ छ।

इ.मास ७ को ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ। यसले करिब ३४५ किलोमिटरको डब्लुएलटिपि रेन्ज प्रदान गर्ने बताइएको छ। साथै, एडास प्रविधि र १५.४ इन्चको डिस्प्लेजस्ता आधुनिक फिचरले यसलाई छोटो तथा लामो दूरी दुवै यात्राका लागि आकर्षक बनाएको छ।

इ.मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

नेपालमा इलेक्ट्रिक सवारीसाधनप्रति बढ्दो आकर्षणका बीच प्रोटोनका यी दुई मोडलले फरक–फरक ग्राहक समूहको आवश्यकता सम्बोधन गर्ने विश्वास कम्पनीले लिएको छ। इ.मास ५ सहरी प्रयोगका लागि कम्प्याक्ट र व्यावहारिक विकल्पका रूपमा रहेको छ भने इ.मास ७ पारिवारिक तथा लामो दूरीका यात्राका लागि ठूलो इलेक्ट्रिक एसयुभिको विकल्प बनेको छ।

प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले साउन २६ देखि ३१ गतेसम्म आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागी ग्राहकहरूलाई दुवै गाडीको प्रत्यक्ष अनुभव लिन, विशेषताबारे जानकारी प्राप्त गर्न तथा बुकिङ विकल्पबारे प्रोटोन टोलीसँग परामर्श गर्न आमन्त्रण गरेको थियो।

कम्पनीले एक्स्पोमा आफ्नो स्टलमा उपस्थित भई प्रोटोनप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण ग्राहक तथा अवलोकनकर्ताप्रति धन्यवादसमेत व्यक्त गरेको छ। ग्राहकलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित ‘रेडिफाइनिङ योर एक्सपेरियन्स विथ प्रोटोन इ.मास’ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

नाइमा एक्स्पोमा प्रोटोनको स्टल अवलोकन गर्न छुटाएका ग्राहकलाई भने आगामी ‘नाडा अटो शो २०२६’ को हल नम्बर ४ स्थित स्टल नम्बर ‘जी–१५’ मा आएर प्रोटोनका इलेक्ट्रिक गाडीको प्रत्यक्ष अनुभव लिन कम्पनीले आग्रह गरेको छ। नाडा अटो शोमा ग्राहकका लागि थप आकर्षक तथा रोमाञ्चक अफरहरू पनि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:१५

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ उत्साहजनक सहभागिता र...