“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना
Sunday Aug 16, 2026
वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७
काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। सुजुकीको नेपालका लागि अधिकृत वितरक सिजी मोटोकर्पमार्फत सञ्चालनमा आएको यो योजना प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल सवारीसाधनमा लागू हुनेछ।
कम्पनीका अनुसार ‘सुजुकी पर्वोत्सव’ अन्तर्गत ग्राहकहरूले मोडेलअनुसार १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मत सेवा) पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा सुविधा प्राप्त गर्नेछन्।
यो योजना २०८३ साल साउन २७ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ। सुविधाहरू भने सवारी मोडेलअनुसार फरक–फरक हुनेछन्।
यस योजनाले अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स तथा ई–भिटारालगायत सुजुकीका विभिन्न मोडेललाई समेट्नेछ। ग्राहकहरूले देशभर रहेका सुजुकीका अधिकृत शोरूममार्फत योजनाको सुविधा लिन सक्नेछन्।
यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा यथावत् रहने कम्पनीले जनाएको छ। पहिलो १०० युनिट बिक्री भएपछि मोडेलअनुसारको ‘सुजुकी पर्वोत्सव’ सुविधा ई–भिटारामा पनि लागू हुनेछ।
विद्युतीय सवारीसाधनप्रति कम्पनीको प्रतिबद्धताअनुसार ई–भिटारा खरिद गर्ने ग्राहकले गाडीसँगै उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर पनि निःशुल्क पाउनेछन्। उक्त चार्जरको स्थापना भने ग्राहकको घरमा उपलब्ध प्राविधिक सम्भाव्यताका आधारमा गरिने कम्पनीले जनाएको छ।
सिजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले चाडपर्वका अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शी सुविधा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए।
‘सुजुकी पर्वोत्सवले चाडपर्वको यस अवसरमा हाम्रा ग्राहकहरूलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने हाम्रो निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्छ,’ उनले भने।
उनले सम्भावित ग्राहकलाई आफ्नो नजिकको सुजुकी शोरूममा सम्पर्क गर्न तथा अगस्ट २५ देखि ३०, २०२६ सम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेल–विशेष सुविधा तथा योजनाबारे जानकारी लिन आग्रह गरे।
कम्पनीले इच्छुक ग्राहकलाई भेरियन्टअनुसार उपलब्ध सुविधा, योजनाको योग्यता तथा आवश्यक कागजातबारे जानकारी लिन नजिकको सुजुकी शोरूममा सम्पर्क गर्न सुझाव दिएको छ।
सुजुकी नेपालले हाल देशभर रहेका ४२ वटा अधिकृत आउटलेटमार्फत प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल सवारीसाधनको बिक्री तथा सेवा प्रदान गर्दै आएको छ।






















