विन्ध्यावासिनी हाइड्रोपावरको आरटीएसमा सानिमा क्यापिटल नियुक्त

वि.सं.२०७९ जेठ २१ शनिवार १०:००

काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार ९आरटीएस० मा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ।
आज एक कार्यक्रमबीच आरटीएस नियुक्तिसम्बन्धी सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै विन्ध्यावासिनी हाइड्रोपावरको सेयरसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ। विन्ध्यावासिनीले आज ९जेठ २० गते० बाट सर्वसाधारणका लागि १५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नै रहेको छ।