NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनएमबिद्धारा गैह्र सरकारी संस्था “छोरी” मा बित्तीय साक्षरता कार्यक्रम

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा छोरी संस्थाका ५५ जना दिदीबहिनीको उपस्थिति थियो। बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा उपस्थित दिदीबहिनीलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो।

 

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारी डा। बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थी र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति थियो। विगतका वर्षदेखि नै महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको बैंकले महिला सशक्तीकरणका लागि विभिन्न समयमा विभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।

छोरी संस्थाका दिदीबहिनीलाई गरिएको यो कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ। बैंक र छोरी संस्था दुवैले भविष्यमा पनि यस्ता बित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रममा सहकार्य गर्ने जानकारी गराएका छन्।

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ। एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...