NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

 सेयर बजार परिसूचक ३३.७६ अंकले घट्यो, १ अर्ब ३० करोडको कारोबार

NIMB
leapmotornepal (citroen)

 

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार ओरालो लागेर २००० को लाइनमा झरेको छ। बजार आज ३३.७६ अंकले घटेर २०७८.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३.४८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

आज व्यापार समूह सर्वाधिक २.५६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह २.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.६८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८६ प्रतिशत, विकास बैंक समूह १.५५ प्रतिशत, जलविद्युत समूहमा १.३ प्रतिशत, वित्त समूहमा १.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७४ प्रतिशत, अन्य समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा १।४४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७४ प्रतिशत र लगानी समूहमा १.९१ प्रतिशतको गिरावट आएको छ।

 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नागरिक लगानी कोषको ४ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३ कोड ८४ लाख रुपैयाँ, अपी पावरको ३ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको ३ करोड १४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ४८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीका सेयरधनीहरुले सर्वाधिक कमाए। यो दिन उपकार लघुवित्तको सेयरभाउमा १० प्रतिशत र बलेफी हाइड्रोपावरको ९।९८ प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...