CG Electronics
IME Life
NIMB

पत्रकारलाई सामाजिक सेवा सुविधा प्रदान गरिने प्रतिवद्धता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सरकारी सञ्चारमाध्यमका प्रमुखहरूले श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको व्यवस्थाअनुसार कार्यरत पत्रकारलाई सेवा सुविधा प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको छलफलमा उहाँहरुले श्रमजीवि पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा समाहित गर्ने र सेवामा एकरुपता ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

छलफलमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले करार र स्ट्रिन्जरका हकमासमेत आगामी आर्थिक वर्ष ०७९र८० बाट विनियम ल्याएर पनि ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिबहादुर केसीले अगामी आर्थिक वर्षबाट सबै श्रमजीविहरुलाई सामाजिक सुरक्षा कोषमा समाहित गर्ने र सेवामा एकरुपता ल्याउने गरी तयारी भैरहेको जानकारी दिनुभयो ।

छलफलमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले ऐनमा भएको व्यवस्था र न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस अनुसार श्रमजीवी पत्रकारहरुको पारिश्रमिक र स्ट्रिन्जरले प्राप्त गर्ने प्रति समाचारको रकमलाई समय सापेक्ष बढाउँदै लैजान आफुहरु प्रतिवद्घ रहेको बताउनुभयो ।

छलफलमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले आगामी साउनदेखि ऐनले गरेको व्यवस्थाअनुसार नीतिगत सुधार गर्दै श्रमजीवी पत्रकारको सेवा सुविधामा वृद्धि गरिने बताउनुभयो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता अध्यक्ष खड्काले पत्रकारको न्यूनतम पारिश्रमिक समायोजन गर्ने योजनामा समिति रहेको जानकारी दिनुभयो ।

उहाँले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सबै कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि भएपनि श्रमजीवी पत्रकारको तलव पुरानै भएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक समायोजन गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।

छलफलमा सबै सरकारी सञ्चारमाध्यमका प्रमुखहरूले आगामी साउनदेखि तराई पहाड र हिमालमा कार्यरत स्ट्रिन्जरहरुले प्राप्त गर्ने प्रति समाचारको रकमलाई समेत न्यायिक हुने गरेर तय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको समितिका सदस्य सचिव तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । छलफलमा समितिका सदस्य नवराज महतारा, गोपाल तिवारी लगायतको सहभागिता थियो ।

समितिले गएको फागुनमै पत्रकारहरुको न्यूनतम पारिश्रमीक चौबिस हजार तीन सय ७५ बाट बढाएर तीस हजार चार सय ६८ पुर्याउन सरकारलाई सिफारिस गरेको जानकारी दिइयो ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...