चरित्रहत्या हुर्ने गरी समाचार प्रकाशन गरीएको भन्दै सांसद रानाद्वारा खण्डन : अपवाह फैलाउने विरुद्ध कानुनी उपचार खोजिने
Saturday Jun 04, 2022
वि.सं.२०७९ जेठ २१ शनिवार १६:५८
काठमाडौं । नेकपा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले आफु विरुद्द चरित्रहत्या हुनेगरी केहि संचारमाध्यामा समाचार प्रकाशित भएको भन्दै आज उक्त समाचारको खण्डन सहित प्रेस विज्ञप्ती निकालेका छन्।
केही दिन अघि एक अनलाईन पोर्टलले “एमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तरघाती” भन्ने शिर्षकमा तथ्यहिन तथा कपोकल्पीत समाचार सम्प्रेषण गरेको र उक्त समाचार पूर्व मन्त्री समेत रहेका साँसद रानाका कारण एमालेले कैलालीमा स्थानिय चुनावमा हार व्यहोरेको एमाले कैलाली जिल्ला सदस्यद्वारा बताइएको भन्दै समाचार सम्प्रेषण गराइएको थियो।
इन्चार्ज रानाले आफू विरुद्ध केही अपराधिक मानसिकता भएकाहरुले अनावश्यक अपवाह फैलाएको स्पष्ट पार्दै आफु दिनरात नभनी पार्टिका उम्मेदवारको पक्षमा माहोल बनाउन हिडेको बताएका छन् । ‘माननीयज्युको राजनितिक चरित्र हत्या गर्ने, बदनाम गर्ने कुचेष्ठाका साथ ‘ध.उ.म.न.पा मेयरका उम्मेदवार रण बहादुर चन्द हराउन स्वतन्त्र उम्मेदवार सँग सम्झौता गरेको र गोदावरी न.पा. को एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्टलाइ अन्तर्घात बाट हराउन कार्यकर्ता परिचालन गरेको’ भनी सम्प्रेसित यस समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउदछौ। आफ्नो उम्मेदवार जिताउन रातदिन नभनी खटेको आम कार्यकर्ता, जनतालाई जगजाहेर नै छ।’ विज्ञाप्तिमा भनिएको छ ।
त्यस्तै नेकपा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्जबाट अन्तर्घात जस्तो घृणित कार्य कहिले पनि हुन नसक्ने र यस्ता समाचारको भ्रममा नपर्न उनले अनुरोध गरेका छन् । साथै उनले भ्रमक समचार प्रकाशन गर्ने प्रति कानुनी उपचार खोज्ने समेत बताएका छन्।

























