NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवन मिडटाउन रिसोर्ट (सीएमटी) मा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको हो ।

दिउँसो १२ बजेदेखि सुरू भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आईडिया सहभागी भएका थिए ।

उक्त समयमा एक्सपेरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।

आईडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपहरूले आफ्नो आईडिया प्रस्तुत गरेका छन् ।
प्रस्तुत गरेका आईडियाहरुमध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आईडिया इन्क्युबेसनका लागि छनोट भएका छन् ।

छनोट हुने ७ स्टार्टअप तथा आईडियामा ई-मेड, कर्मदाता, नो ह्यासल ट्राभलर, नेपाल स्टिम एलायन्स प्रालि, एकेडेमी अफ मेडिकल एण्ड इन्जिनियरिङ साइन्सेस, उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन् । त्यस्तै फेस्टबाट उत्कृष्ट स्टार्टअपको रूपमा नलेज एक्सचेन्ज प्रालि छनोट भएको छ ।

गत चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट सुरू भएको स्टार्टअप एण्ड आईडिया फेस्ट बागमती प्रदेशको चितवनमा आएर उत्साहजनक सहभागीताका साथ समापन भएको छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...