nic bank
himalayan everesat
Nmb bank

सहकारीहरूले गुणस्तर प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । सहकारीहरूले गुणस्तर प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् । आइतबार काठमाडौंमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको साकोस शिखर सम्मेलनमा सहकारीमा प्रविधिको प्रयोगको विषयमा छलफल भएको हो ।

सम्मेलनमा सहकारीमा प्रविधिको प्रयोग : विद्यमान चुनौति र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तोता डा. भोजराज घिमिरे र मनोज घिमिरेले अब सहकारीमा प्रविधिको प्रयोग आवश्यक रहेको र यसका लागि तयारी पनि भइरहेको जानकारी दिए ।

डा. घिमिरेले सहकारीमा प्रविधिको प्रयोगको अभ्यास, अन्तर्राष्ट्रिय अभ्यास, प्रविधिको आवश्यकता र वर्तमान घटनाक्रमहरुको विषयमा प्रस्तुति दिँदै सहकारीमा बैंकहरुको भन्दा उच्च प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने बताए । उनले यसका लागि आफ्नो कम्पनी नियोसिस टेक्नोलोजी प्रालिले नेफ्स्कुनसँग सहकार्य गरेर काम गरिरहेको पनि बताए ।

‘हामी बैंकको भन्दा पनि उच्च प्रविधिको प्रयोग गर्दैछौं, यसले सेवाग्राही तथा सदस्यहरुलाई सहज सेवा हुन्छ, अहिलेको जस्तो ढड्डाको प्रयोगभन्दा पनि अब डाटामा निर्धारित सेवा हुन्छ,’ उनले भने ।

उनले डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफोरमेसन र डिजिटल इन्क्लुजन आवश्यक रहेको बताए । घिमिरेले साझा प्लेटफर्ममार्फत् सेवा दिनुपर्ने, न्यून लागतमा अधिकतम् सेवा प्रवाह गर्नुपर्ने र प्रविधिमार्फत् स्थानीयकरण गर्नु पर्ने धारणा पनि राखे ।

यस्तै, सो कार्यपत्रमाथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, डा। सोहनबाबु खत्रीले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताले पनि अब सहकारीमा प्रविधिको आवश्यकता रहेकोले जति सक्दो छिटो सम्पूर्ण सहकारीहरुलाई डिजिटाइजेसन गर्न प्रयोगमा पहल गर्नु पर्ने बताएका थिए ।

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०३:१३

  लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाईसी’ सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो...

वि.सं.२०८१ वैशाख १२ बुधवार ०४:३५

नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले...

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...