ग्लोबल आइएमई बैंकको निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न
Monday Jun 13, 2022
वि.सं.२०७९ जेठ ३० सोमवार २३:१०
काठमाडौं । ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैंकले स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं। ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको सम्पन्न गरेको हो ।
उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएका थिए । शिविरमा १५० जना भन्दा बढि महिलाहरु शिविरबाट प्रत्यक्षरुपमा लाभान्वित भएको अस्पतालले जनाएको छ ।
उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।
























