CG Electronics
IME Life
NIMB

१२ बुँदे घोषणपत्र जारी गर्दै साकोस शिखर गोष्ठी सम्पन्न

NIMB
Himalayan Bank

काठमाडा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्mस्कून)को आयोजनामा काठमाडौंमा जारी २ दिने चौथो साकोस शिखर गोष्ठी २०७९ सम्पन्न भएको छ ।

आईतबारबाट सुरु भएको गोष्ठीमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारको समेत सह आयोजना भएको गोष्ठीले १२ बुँदे घोषणपत्र जारी गर्दै आज समापन भएको हो ।

बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्पmत मर्यादित श्रम सिर्जना, गरीवी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्पसहित यो १२ बुँदे साझा घोषणापत्र गोष्ठीले गरेको छ ।

‘दीगो एवम् एकीकृत सञ्जालका लागि नविनतम् साझा प्रविधि’ मुल भाव र संकल्पका साथ आयोजित गोष्ठीमा पाँच वटा सामुहिक र चार वटा ब्रेकआउट सत्रमा सञ्चालन भएको थियो । आईतबार शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएको थियो ।

सहकारी ऐन २०७४ ले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, अन्तरसहकारी कारोबार, सहकारी प्रबद्र्धन कोषको प्रभावकारी कार्यान्वयन र तहगत कानुनमा एकरुपताको लागि सामुहिक पैरवी गर्न गोष्ठीमा सहभागीहरुले प्रतिबद्ध जनाएका छन् । त्यस्तै एकीकृत सूचना प्रणाली कोपोमिसमा समष्टिगत र नियमित तथ्यांक विवरण २०७९ असार मसान्तसम्म अद्यावधिक गर्न समेत सहकारी संस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार १० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न, गराउन समेत उनीहरु प्रतिबद्ध भएका छन् ।

२ दिने गोष्ठीको समापन गर्नुहुँदै नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आव्हान गर्नुभयो । जारी घोषणा पत्रमा सहकारी संस्था, सरकारी निकाय, राजनीतिकदलहरुले समेत प्रतिवद्धता जनाएको समेत उहाँले बताउनुभयो । सहकारी सहकारी सञ्चालन गर्न र सफल सहकारीकर्मी बन्न व्यवहार र विश्वास हुनुपर्ने समेत उहाँको धारणा थियो ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...