CG Electronics
IME Life
NIMB

जीवन बीमा कम्पनीको बीमाशुल्क एक खर्ब माथि

NIMB
Himalayan Bank

 

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दश महिना (बैशाख) सम्ममा एक खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११.६४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ९८ अर्ब ८९ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए । आर्थिक मन्दीका बाबजुद पनि अधिकाँश जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये एलआइसी नेपाल र गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने खस्किएको छ । जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले २८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.६९ प्रतिशत हो । गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

 

नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा नयाँ जीवन बीमा कम्पनीहरुले भने आफ्नो व्यवसाय विस्तारलाई तिब्रता दिएका छन् ।सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ८०.३५ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै महालक्ष्मी लाइफ, सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफको बीमाशुल्क उल्लख्य बढेको छ । सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने मेट लाइफ इन्स्योरेन्स रहेको छ । मेट लाइफको बीमाशुल्क यस अवधिमा ०.३३ प्रतिशतले मात्रै बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधीमा कम्पनीले ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दश महिनासम्ममा एलआईसी नेपाल र गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क बढाएका छन् । गुराँस लाइफको बीमा शुल्क सबै भन्दा धेरै १८.८९ प्रतिशतले घटेर २ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले ३ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै एलआईसी नेपालको बीमाशुल्क पनि ५.२८ प्रतिशतले घटेर १३ अर्ब ५२ करोड ५५ लाख रूपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा एलआईसी नेपाल १४ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनामा कुल एक खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये २८,३२ प्रतिशत अर्थात ३१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ । यस्तै नविकरण शुल्क वापत ७९ अर्ब १३ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ । यस अवधिमा एक करोड २३ लाख ७१ हजार ६९१ वटा सक्रिय बीमालेख रहेको समितिको तथ्यांक छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...