nic bank
himalayan everesat
Nmb bank

जीवन बीमा कम्पनीको बीमाशुल्क एक खर्ब माथि

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दश महिना (बैशाख) सम्ममा एक खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११.६४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ९८ अर्ब ८९ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए । आर्थिक मन्दीका बाबजुद पनि अधिकाँश जीवन बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये एलआइसी नेपाल र गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय भने खस्किएको छ । जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले २८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.६९ प्रतिशत हो । गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

 

नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा नयाँ जीवन बीमा कम्पनीहरुले भने आफ्नो व्यवसाय विस्तारलाई तिब्रता दिएका छन् ।सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ८०.३५ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै महालक्ष्मी लाइफ, सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफको बीमाशुल्क उल्लख्य बढेको छ । सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने मेट लाइफ इन्स्योरेन्स रहेको छ । मेट लाइफको बीमाशुल्क यस अवधिमा ०.३३ प्रतिशतले मात्रै बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधीमा कम्पनीले ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दश महिनासम्ममा एलआईसी नेपाल र गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क बढाएका छन् । गुराँस लाइफको बीमा शुल्क सबै भन्दा धेरै १८.८९ प्रतिशतले घटेर २ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले ३ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै एलआईसी नेपालको बीमाशुल्क पनि ५.२८ प्रतिशतले घटेर १३ अर्ब ५२ करोड ५५ लाख रूपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा एलआईसी नेपाल १४ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दश महिनामा कुल एक खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । त्यसमध्ये २८,३२ प्रतिशत अर्थात ३१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ । यस्तै नविकरण शुल्क वापत ७९ अर्ब १३ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ । यस अवधिमा एक करोड २३ लाख ७१ हजार ६९१ वटा सक्रिय बीमालेख रहेको समितिको तथ्यांक छ।

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...