nic bank
himalayan everesat
Nmb bank

नयाँ लुक्सका साथ नेपाल भित्रिदै पल्सर एन १६०

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपाली बजारमा बजाजका मोटरसाइकल यसैपनि लाकप्रिय छन् । १५० सीसी क्षमतादेखि ४०० सीसीसम्मका बजाजका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन ।

उच्च सीसीका मोटरसाइकल बिक्री हुने भएपनि १५० देखि २२० सीसीका मोटरसाइकल भने नेपालमा उच्च माग छ । यी मध्ये पनि दुई सय सेग्मेन्टका बाइक युवा पुस्ताले रुचाएको पाइन्छ ।

 

केहि महिना अघि भारतीय बजारमा २५० सीसीका पल्सर मोटरसाइकल सार्वजनिक भएको थियो । नेपालमा यी मोटरसाइकल दुई महिना भित्र ल्याउने तयारी छन । २५० सेग्मेन्टसँगै १६० एन ड्युअल च्यानल एबीएस सहित नयाँ डिजाइन र लुक्समा पल्सर एन १६० हालै भारतीय बजारमा सार्वजनिक भएको छ ।

नेपालमा पनि एन २०० र १६० को ठूलो बजार रहेको कारण यो मोटरसाइकल भारतीय बजारमा सार्वजनिक हुनु अर्थपूर्ण हिसाबमा हेरिएको छ । नेपालका लागि बजाज बाइकको आधिकारीक वितरक हंसराज हुलास प्रालिले भारतीय बजारमा सार्वजनिक भएको दुवै सेग्मेन्टका मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ ।

कस्तो छ नयाँ एन १६० ?
खासगरी एन १६० अपग्रेड भएर नयाँ लुक्स र डिजाइनका साथ सार्वजनिक भएको छ । बजाजले एन २५० मा आधारित १६० सीसीको पल्सर एन १६० नेकेड स्पोट्स बाइक हो ।

पल्सर एन १६० बाइकले टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ । नयाँ पल्सर एन १६० को डिजाइन पल्सर एन २५० सँग मिल्दोजुल्दो छ ।

नयाँ पल्सर यूएसबी चार्जिङ पोर्ट, १४ लिटर फ्युल ट्याङकी, अलोय ह्विल, टेललाइट, स्प्लिट सिट र डिजी एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर सहित बजारमा आएको छ । नयाँ च्यासिस र सेग्मेन्ट फर्स्ट ड्युअल च्वयानल एबीएस यो मोटरसाइकलको मुख्य बिशेषता हो ।

इन्जिन र पावर
नयाँ बजाज पल्सर एन १६० मा १६४.८२ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । ५ स्पड गियरबक्स जडान दिइएको ३०० एमएम फ्रन्ट डिस्क र सिंगल च्यानल भेरिएन्टमा २८० एमएम फ्रन्ट डिस्क यो मोटरसाइलमा उपलब्ध गराएको छ ।

कति पर्छ मूल्य ?
नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ । भारतीय बजारमा ड्युअल च्यानल एबीएसको पल्सर एनका मूल्य १ लाख २८ हजार भारु तोकिएको छ भने सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख २३ हजार भारुमा तोकिएको छ । नेपाली बजारमा यो मोटरसाइल आउदा ३ लाख ५० हजार माथि नै हुने अनुमान गरिएको छ । नेपाली बजारमा सम्भवत नाडा अटो शो अघि नै आउने सम्भावना छ ।

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:२४

  स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने...

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

नेपालमा ओमोडाको १५१ भन्दा बढि गाडी बिक्रि

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१४

  नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा...

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:३३

  नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:२७

    एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता...