CG Electronics
IME Life
NIMB

नयाँ लुक्सका साथ नेपाल भित्रिदै पल्सर एन १६०

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली बजारमा बजाजका मोटरसाइकल यसैपनि लाकप्रिय छन् । १५० सीसी क्षमतादेखि ४०० सीसीसम्मका बजाजका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन ।

उच्च सीसीका मोटरसाइकल बिक्री हुने भएपनि १५० देखि २२० सीसीका मोटरसाइकल भने नेपालमा उच्च माग छ । यी मध्ये पनि दुई सय सेग्मेन्टका बाइक युवा पुस्ताले रुचाएको पाइन्छ ।

 

केहि महिना अघि भारतीय बजारमा २५० सीसीका पल्सर मोटरसाइकल सार्वजनिक भएको थियो । नेपालमा यी मोटरसाइकल दुई महिना भित्र ल्याउने तयारी छन । २५० सेग्मेन्टसँगै १६० एन ड्युअल च्यानल एबीएस सहित नयाँ डिजाइन र लुक्समा पल्सर एन १६० हालै भारतीय बजारमा सार्वजनिक भएको छ ।

नेपालमा पनि एन २०० र १६० को ठूलो बजार रहेको कारण यो मोटरसाइकल भारतीय बजारमा सार्वजनिक हुनु अर्थपूर्ण हिसाबमा हेरिएको छ । नेपालका लागि बजाज बाइकको आधिकारीक वितरक हंसराज हुलास प्रालिले भारतीय बजारमा सार्वजनिक भएको दुवै सेग्मेन्टका मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ ।

कस्तो छ नयाँ एन १६० ?
खासगरी एन १६० अपग्रेड भएर नयाँ लुक्स र डिजाइनका साथ सार्वजनिक भएको छ । बजाजले एन २५० मा आधारित १६० सीसीको पल्सर एन १६० नेकेड स्पोट्स बाइक हो ।

पल्सर एन १६० बाइकले टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ । नयाँ पल्सर एन १६० को डिजाइन पल्सर एन २५० सँग मिल्दोजुल्दो छ ।

नयाँ पल्सर यूएसबी चार्जिङ पोर्ट, १४ लिटर फ्युल ट्याङकी, अलोय ह्विल, टेललाइट, स्प्लिट सिट र डिजी एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर सहित बजारमा आएको छ । नयाँ च्यासिस र सेग्मेन्ट फर्स्ट ड्युअल च्वयानल एबीएस यो मोटरसाइकलको मुख्य बिशेषता हो ।

इन्जिन र पावर
नयाँ बजाज पल्सर एन १६० मा १६४.८२ सीसी, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले १६ बीएचपीको अधिकतम पावर र १४.६५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । ५ स्पड गियरबक्स जडान दिइएको ३०० एमएम फ्रन्ट डिस्क र सिंगल च्यानल भेरिएन्टमा २८० एमएम फ्रन्ट डिस्क यो मोटरसाइलमा उपलब्ध गराएको छ ।

कति पर्छ मूल्य ?
नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा लन्च गरिएको छ । भारतीय बजारमा ड्युअल च्यानल एबीएसको पल्सर एनका मूल्य १ लाख २८ हजार भारु तोकिएको छ भने सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य १ लाख २३ हजार भारुमा तोकिएको छ । नेपाली बजारमा यो मोटरसाइल आउदा ३ लाख ५० हजार माथि नै हुने अनुमान गरिएको छ । नेपाली बजारमा सम्भवत नाडा अटो शो अघि नै आउने सम्भावना छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...