CG Electronics
IME Life
Ncell NPL

भुक्तानी सेवा प्रदायक इसेवाले अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक गरेको छ । मंगलबार दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा २ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने इसेवाले जनाएको छ ।
यसैगरी इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने सो योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०÷२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।

उक्त योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...