ज्योति विकास बैंकको नयाँ शाखा ललितपुर जिल्लाको टीकाथलीमा सञ्चालन
Thursday Jun 30, 2022
वि.सं.२०७९ असार १६ बिहीवार २३:१४
काठमाडौं । ज्योति विकास बैंकको नयाँ शाखा ललितपुर जिल्लाको टीकाथलीमा सञ्चालनमा आएको छ । बैंकले आफ्नो ११८ औं शाखाको रुपमा बुधबार टीकाथली शाखा सञ्चालनमा ल्याएको ।
बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं ५, ललितपुरस्थित टिकाथली शाखा को समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।
ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा बुधबारदेखि एटीएम सेवा पनि सञ्चालनमा ल्याइएको छ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोड, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निशुल्क मेरोसेयर रजिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिंग सेवा, निशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०।२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ
।
शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।




























