Civil Bank Ltd. AD
NIC ASIA BANK –  AD

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाद्धारा पदभार ग्रहण

Citizen Life  Ad

 

 

काठमाडौँ। नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आज (आषाढ १७ गते शुक्रबार)देखि आफ्नो कार्यभार सम्हालेका छन्। नबिल बैंक लिमिटेडकोे हिजो असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (CA) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट(CPA)तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गर्नुभएका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ (Management Association Nepal) र सन् २०१५ मा Manager To Watch  अज विधामा पुरस्कृत भएका थिए। कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए। 

उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ। यस नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ।

NIC ASIA BANK –  AD
prabhu bank

हिमालय एअरलाइन्सको चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

हिमालय एअरलाइन्सको चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान

वि.सं.२०७९ साउन २५ बुधवार २३:३४

काठमाडौं । हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा। नारायण खड्काको औपचारिक भ्रमणका...

“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल...

वि.सं.२०७९ साउन २५ बुधवार २३:२७

काठमाडौं ।“रिचिङ द पिनाकल २०७९÷८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स...

सानिमा बैंकले विश्व बैंकको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट भित्र्यायो २ करोड अमेरिकी डलर

सानिमा बैंकले विश्व बैंकको अन्तराष्ट्रिय वित्त निगम...

वि.सं.२०७९ साउन २५ बुधवार २२:५५

काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त...

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ...

वि.सं.२०७९ साउन २५ बुधवार २२:२९

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय...

नेपाल टेलिकमको ३ करोड  कित्ता बोनस शेयर सूचीकृत

नेपाल टेलिकमको ३ करोड कित्ता बोनस शेयर...

वि.सं.२०७९ साउन २४ मंगलवार २२:१५

काठमाडौं । मंगलवार नेप्सेमा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम)को बोनस...

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा कमल बने...

वि.सं.२०७९ साउन २४ मंगलवार २२:००

काठमाडौं । इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित...