CG Electronics
IME Life
NIMB

आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेख अन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।आव २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमाङ्ककीय प्रतिवेदन नियामक निकाय बीमा समितिबाट स्वीकृती भएबमोजिम कम्पनीले बोसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । यस सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ, बोनसदर कायम भएको छ । साथै , २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, कम्पनीले सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेख अन्तर्गत कम्पनीले सम्पूर्ण बीमा अवधिसम्मका लागि २० रुपैयाँ बोसदर उपलब्ध गराउने भएको छ । त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...